दुईको मृत्यु, थपिए २६ संक्रमित

दमौली खबर

भदौ ३, दमौली । बुधबार कोरोना सङ्क्रमणबाट तनहुँका थप दुईको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी र व्यासका दुईको मृत्यु भएको हो । शुक्लागण्डकी–७ का ५२ वर्षीय पुरुषको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

उनमा साउन ११ गते कोरोना पुष्टि भएको थियो ।त्यस्तै व्यास नगरपालिका–७ का ७० वर्षीय पुरुषको बुधबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा साउन ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा तनहुँका ९७ जनाको परीक्षण गरिएकामा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये १२ महिला र १४ पुरुष छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button