रेमिटेन्सले मात्र देश चल्दैन

देश बनाउन युवाहरुको विदेशमा जाने र त्यहाँको चिल्ला सडक र रमाईलोमा भुल्ने सपना टुटाउनु जरुरी रहेको वक्ताहरुले जोड दिएका छन् । युवा सहजकता अभियान जिल्ला कार्य समिति तनहुँले सोमबार दमौलीमा आयोजना गरेको अभियानको स्थानीय तहका संयोजकहरुको अभिमुखीकरण कार्यक्रममा वक्ताहरुको सो धारणा राखेका हुन् ।

 सीय युक्त युवाहरु विकसित देशमा नै बस्न चाहने र सीप नभएकाहरु पनि खाडी मुलुकमा काम गर्ने जाने परिपार्टीले स्वदेशमा उद्यम गर्ने सोचाई कम हुने गरेको भनाई धेरैको थियो । कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले कृषि र स्वास्थ्य क्षेत्रमा पालिकाहरुले वजेट पर्याप्त मात्रामा छुट्टाउने गरेको र स्थानीय तहसँग सहकार्य गरेर कृषिसँग जोडेर उत्पादनमूखी कर्ममा युवाहरुलाई जोडेर स्वदेशमा नै भुल्ने र आर्जन गर्ने वातावरण गर्नु पर्ने बताउनुभयो । 

‘कृषिसँग सम्बन्धित हावा पानी मिल्दो के काम गर्न सकिन्छ, कस्तो सीप चाहिन्छ त्यस कुरामा स्थानीय तह सहकार्य गरेर युवाहरुलाई स्वदेशमा नै उद्यमशील बनाउन युवा सहजकता अभियानले पाईला चाल्नु पर्छ’ सभापति न्यौपानेले भन्नुभयो । थुप्रै जमिन बाँझो रहेकोले आधुनिक प्रविधिको प्रयोग गरी त्यसलाई युवाहरुलाई जोड्ने हो भने छोटो समयमा नै नेपाललाई खाद्यान्न तथा माछा र मासुमा आत्मनिर्भर बनाउन सकिने सभापति न्यौपानेले बताउनुभयो ।

   कार्यक्रममा नेपाली काँग्रेसका कार्य बाहक सभापति जीतप्रकाश आलेले असल बाटो डो¥यान मद्धत पुग्ने किसिमले युवाहरुलाई सहज बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा प्रा.डा.कृष्णप्रसाद गौतमले देशमा युवाहरु भए पनि जोश जाँगर भने बनाउने वातावरण तयार नभएकोले देश पछि परेको बताउनुभयो । ‘युवाहरु छन्, उनिहरुमा उत्साह छैन देश यस्तो तरिकाले बन्न सक्दैन’ गौतमले भन्नुभयो ।  

गण्डकी प्रदेश सभा सदस्य डोबाटे विक, सरीता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, लायन्स क्लब अफ नेपाल ३२५ बी एकका पूर्व गर्भनर अशोककुमार श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला नेताहरु उदयराज गौली, रामचन्द्र अधिकारी, अभियानका जिल्ला अध्यक्ष देव रसाईली लगायतले युवाहरुलाई गाउँमै रोजगारी दिएर र आम्दानी गर्न प्रोत्साहन गरेर विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमा नै श्रम गर्नु पर्छ भन्ने भावानाको विकास गर्न सबैले हातेमालो गर्नु पर्नेमा जोड दिनु भएको थियो । 

कार्यक्रममा युवा सहकता अभियानका संयोजक चिन्तन पौडेलले युवाहरुलाई शिक्षित बनाउन, राजनीतिमा आर्कर्षित गर्न, आवश्यकता अनुसारको सीप प्रदान गर्ने कार्यमा मद्धत पु¥याउन सहजकता अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button