व्यास नगरपालिकाद्धारा अखाद्य बस्तुको नष्ट

दमौली खबर संवाददाता
शंकरराज नहर्की
दमौली, असोज १२ ।
     व्यास नगरपालिकाद्धारा वरामद गरिएका तीन बोरा अखाद्य बस्तुहरु नष्ट  गरिएको छ । चाड पर्वलाई लक्षित गरी नगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा दमौलीका खाद्यन्न तथा तरकारी पसलहरुबाट फेला परेको विभिन्न २५ प्रकारका सामग्रीहरु डिस्पोज गरिएको  हो ।
    जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा पत्रकारहरुको रोहबरमा उक्त अखाद्य बस्तुहरु लाई विर्ता सामुदायिक वनको खोल्सामा खाल्टो खनी पुरिएको व्यासनगरपालिकाका  प्रशासकीय अधिकृत रामचन्द्र हड्खलेले बताउनुभयो व्यास नगरपालिकाले हाल चाडपर्वलाई लक्षित गरी बजार  अनुगमनलाई तिब्रता दिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button