लक डाउन उल्लंघन गर्ने एक सय मोटरसाइकल प्रहरी नियन्त्रणमा

राजेन्द्र परियार
जेठ १४ दमौली
कोरोना भाइरसको महामारी नेपालमा बढ्दो क्रममा रहेको छ । यस संक्रमणलाई ध्यानमा राखेर सरकारले लक डाउन गरेको आज ६५ दिन पुगेको छ । यस लक डाउनको समयमा सरकारले अत्यावश्यक सबरी साधन बाहेका अरुमा रोक लागएको छ । तनहुँको सदरमुकाम दमौलीमा भने लक डाउन उल्लंघन गरेर चलाएका करिब एक सय मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहाननै बाट दमौलीको बिभिन्न ठाउँमा चेक जाँच गरी बिना पास चलाएका मोटरसाइकले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रमुख रेशम बहादुर रानाभाटले बताए । मंगलबार देखी मोटरसाइकलको बढ्दो प्रयोग भएपछि हामीले नियन्त्रणमा लिएका हौं ट्राफिक प्रमुख रानाभाटले दमौली खबर संग बताए । उनि हालै मात्र कास्कीबाट सरुवा भएर तनहुँ आएका हुन् । दमौली खबर संग कुरा गर्दै उनले जिल्लको ट्राफिक ब्यबस्थापनमा आफ्नो तर्फबाट कुनै कसर नछोड्ने बताएका हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button