सामाजिक सुरक्षा भत्ता नकाटियोस्

 

सामाजिक सुरक्षा भत्ता नकाटियोस्

–चिनु पोखरेल

सरकारले हाल आएर ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले पाउदै आएको सामाजिक सुरक्षा भत्ता हटाएको छ । यसरी भत्ता हटाइनु राम्रो बिषय होइन ।

काम उमेरका एकल महिलाका बालबच्चा पनि साना हुन्छन् र र तिनीहरुलाई सहयोगको आवश्यकता पर्दछ । दु:ख कष्ट भोगेर बच्चा हुर्काउनु पर्ने बाध्यता आइपरेको हुन्छ । वियोगको पीडामा मल्हम लगाउने बिषय त्यही भत्ता थियो । कतिका त बालबच्चा नभएका पनि हुन्छन् । अर्को विवाह गरे स्वत: भत्ता काटिनु स्वाभाविकै हुन आउछ । तर जुनिभरी एकल रहेर बाच्ने महिलाहरुको दु:ख अकाट्य हुन्छन् । भत्ता हटाउने हो भने सरकारले उनिहरुलाई रोजगारी दिनु पर्दछ या शीपमूलक र आयमूलक विषयमा तालिम दिनु पर्दछ । ६० वर्ष उमेर नपुग्दा सम्म उनीहरुले भोग्नुपर्ने पीडालाई कम आँकलन गरिनु हुँदैन ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई भत्ताविहिन बनाइनु पनि सरासर गलत हुन आउछ । सबै खालका अपाङ्गता भत्ता पाउन लायक नभए पनि गरी खान र कमाइ खान नसक्ने अवस्थाका व्यक्तिहरु (शारिरिक रुपले अशक्त र बौद्धिक रुपले अशक्त )व्यक्तिहरुलाई भने भत्ताबाट विमुख गराइनु हुँदैन । यस्ता व्यक्तिहरुमध्ये अधिकांशको विबाह भएको पनि हुँदैन र अरुको स्यहार सुसारमा जिन्दगी गुजार्नु परिरहेको हुन्छ । भत्ता काटिएपछि तिनीहरु हेला र बोझको पात्र बनेर जीवन गुजार्न वाध्य हुनेछन् ।

समग्रमा ,सबै एकल महिला र अपाङ्गता भएका सबै व्यक्तिहरुलाई भत्ता उपलब्ध गराउन सकिदैन भने जनप्रतिनिधिहरुले स्थलगत निरिक्षण गरी गुजारा चलाउन कठीन अवस्थामा रहेका यस्ता व्यक्तिहरुको मुचुल्का तयार गरी छनौट गर्नु आवश्यक देखिन्छ । सरकारले राहत वितरण गर्दा होस् या सामाजिक सुरक्षा भत्ता वितरण गर्दा होस् , राजनीतिक पूर्वाग्रह नराखी मानवताका आधारमा निर्णय र कार्यन्यन गरे मात्र जनताले बाँच्न पाउने आफ्नो अधिकारको रक्षा भएको अनुभूत गर्न सक्नेछन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button