ईदमा संसद खानको शुभकामना सुरक्षित रहन आग्रह

राजेन्द्र परियार
जेठ ११, दमौली
प्रतिनिधि सभा सदस्य एबमं तनहुँकी संसद कलिला खान् ले ईदमा शुभकामना सन्देश व्यक्त गरेकी छिन् । मुस्लिम समुदायको महान चाड ईद ऊल फितर उर्फ ईदमा सोमबार परेको हो यस चाडमा मुस्लिम समुदायहरुले भव्य रुपमा मनाउदै आएका छन् । कोरोना भाइरसको संक्रमण संगै नेपालमा पनि सरकारले लक डाउन गरेको छ । लक डाउनको समयमा परेको यस चाडमा भने पहिला बर्षको झै भिडभाड सहित मनाउन भने नपाइने अवस्था रहेको छ । संसद खान्ले आइतबार बिहानै आफ्नो सामाजिक संजाल फेस्बुकमा लेख्दै शुभकामना सन्देश व्यक्त जारी गरेकी छिन् । उनले फेस्बुकमा नेपालीमा ईद १२ गते ईद ऊल फितर पर्वको अबसरमा विदेश तथा स्वदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सु स्वास्थ्य,दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन् । साथै संसद खान्ले लक डाउनको पुर्ण रुपमा पालना गर्दै अफ्नो परिवार संग खुसीको साथ ईद मनाउन र कोरोना बाट सुरक्षित रहन समेत आग्रह गर्दै फेस्बुकमा लेखेकी छिन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button