एक सय ८ फिट मुर्ति निर्माणको लागि महायज्ञ हुने

चार वेद अठार पुराणका रचैता महर्षि वेदव्यासको २८ औं अवतरण दमौलीमा भएको बताइन्छ । व्यास पराशर क्षेत्रको रूपमा परिचित यस क्षेत्रलाई अनादि वैदिक सनातन धर्मको उद्गमस्थलका रूपमा विकास गर्न भन्दै उक्त क्षेत्रमा एक सय ८ फिट अग्लो वेदव्यासको मुर्ति निर्माण गरिने भएको छ ।
व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । सो रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन ब्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन  (डिपिआर) तयार गरिएको छ ।  व्यास–३ स्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको व्यास मूर्तिसहित सबै संरचनाका लागत करिब ६२ करोड ८५ लाख ५ हजार रुपैयाँ बजेट अनुमान गरिएको छ ।
एक सय आठ फिटको मूर्ति निर्माणको दायित्व व्यास नगरपालिकाको मात्रै नभई जिल्लाका सबै स्थानीय तह र स्थानीयवासीको पनि रहेकाले सबैले यसमा सहयोग गर्नुपर्ने भन्दै उक्त ठाँउमा श्रीमद्भागवत सप्ताह विराट ज्ञानमहायज्ञ गरिने भएको छ । सोमबार व्यास नगरपालिकाको भवनमा पत्रकार सम्मेलन गदै उक्त कुराको जानकारी दिएको हो । मुर्ति निर्माणको अहिले कोषमा  ५० लाख रकम  मात्र रहेको र थप रकमको लागि महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास क्षेत्रको प्रवद्र्धन गर्न सकेमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले भने, “व्यास क्षेत्रमा  पर्यटन प्रर्वद्धन गर्न  नगरपालिकाद सधैं तत्पर रहने छ । ” कार्यक्रममा बोल्दै कोषका अध्यक्ष अशोकुमार श्रेष्ठले उक्त निर्माण कार्यको लागि सबैको सहयोगको आवश्यक रहेको बताए । कार्यक्रममा तनहँु उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष मंगलप्रसाद श्रेष्ठले महायज्ञमा एक लाख आठ हजार एक सय ६  रुपैया दान गर्ने समेत घोषणा गरेका छन् । गुरुयोजनाअनुसार ब्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, ब्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना ब्यासका मूर्तिहरु, ब्यासका अनुयायीहरुको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।  निर्माणका लागि संघिय, प्रदेश सरकारले हेर्नुपर्ने सर्वसाधरणको भनाई छ । कोषका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार नारायण खड्का, मदन वाग्ले लगायतले सुझाव सल्लाहा दिएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button