मुत्युदाबी रकम हस्तान्तरण

दमौली, पहिरोले पुरिएर ज्यान गएको ऋषिङ ८ भैसीकिलीका भेषबहादुर थापाको परिवारलाई मुत्युदाबी रकम हस्तान्तरण गरिएको छ । गत असार २८ गते आएको पहिरोले थापा सहित पाँच जनाको ज्यान गएको थियो । थापाले २०७३ साल भदौमा लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल लि. )मा दुई लाखको जिवन बिमा गराएका थिए ।

ईन्स्योरेस तनहँु शाखाका प्रबन्धक सुदिप ज्ञवाली र अभिकर्ता देवबहादुर थापाले मृतकको घरमै पुगेर चार लाख ५१ हजार आठ सय रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । मृतककी छोरी अमिना थापालाई संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो । चेक हस्तानतरण गदै प्रबन्धक ज्ञवालीले मुत्युदाबी रकमले भविष्यमा अमिनाको शिक्षाको लागि सहयोग पुग्ने बताए ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button