तनहँुका काँग्रेस जनप्रतिनिधिको दसैं भत्ता कोरोना कोषलाई

काँगे्रसबाट निर्वाचित तनहँुका जनप्रतिनिधिले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेस तनहँुबाट निर्वाचित जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले सहमति जनाएका छन् । जिल्ला समन्वय प्रमुख वाग्ले र उप प्रमुख पवित्रा पौडेल, व्यास प्रमुख न्यौपाने र उप प्रमुख जोशी, भानु प्रमुख उदयराज गौली र उप प्रमुख आशा थापा, शुक्लागण्डकी प्रमुख किसान गुरुङ, म्याग्दे अध्यक्ष माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरे, ऋषिङ अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्ष गिनुमाया थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र उपाध्यक्ष पुष्पा श्रेष्ठ तथा देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले निर्णयमा सहमति जनाएका छन् ।

समन्वय प्रमुख वाग्लेले ३२ हजार र उपप्रमुख पौडेलले ३० हजार कोषमा जम्मा हुने गरि व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई हस्तान्तरण गरे । त्यस्तै नगरप्रमुख न्यौपाने र उपप्रमुख जोशीले ३०÷३० हजार कोभिड कोषमा जम्मा गरेका छन् । अन्य पालिकाका प्रमुख,उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले दसैंखख खर्च वापतको रकम पनि आ–आफनै पालिकाको कोरोना कोषमा जम्मा गर्ने भएका छन् । नगरप्रमुख र उपप्रमुखले ३०÷३० हजार साथै अध्यक्ष र उपाध्यक्षले २५÷२५ रकम आ–आफनो पालिकाको कोरोना कोषमा जम्मा गर्ने भएका छन् । त्यस्तै यिनिहरुले आफनो पालिकावासी सँग पीसीआर शुल्क नलिने घोषणा गरेका छन् । सरकारले पिसिआर परीक्षण गर्दा वापतको शुल्क लिएर मात्र परीक्षण गर्न भनिएको छ । तर यीनिहरुले पीसीआर निःशुल्क नै गर्ने घोषणा गरको नेपाली काँगे्रस तनहँुका सभापति एवंम् व्यास नगर प्रमुख न्यौपानेले बताए । उनले भने‘ यस्तो अवस्थामा पिसिआर परीक्षण गर्दा शुल्क लिन सकिदैन, सरकारले लिन भनिएता पनि हामीले नलिने भएका छौं । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button