अभाव हुन नदिन रक्तदान

कोभिड–१९ को महामारीमा जिल्लामा रगतको अभाव भएपछि रगतको माग आपूर्ति गर्नका लागि रक्तदान गरिएको छ। रोट¥याक्ट क्लव अफ दमौलीको आयोजना भएको खुला रक्तदानबाट १५ युनिट रगत सङ्कलन भएको क्लकका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । क्लवका पूर्व सहसचिव स्व. सचिन श्रेष्ठको स्मृतिमा १८ औ जिल्ला तथा सातौ राष्ट्रव्यापी रक्तदान कार्यक्रम आयोजना गरिएको हो । क्लबका अध्यक्ष श्रेष्ठले हालको विषम परिस्थितिलाई मध्यनजर गरी रगत अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । रक्तदान कार्यक्रममो उद्घाटन गदै नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले महामारीमा पनि कार्यक्रम गरेर क्लवले उदाहरण कार्य गरेको बताए ।

उनले भने, “ सामान्य शल्यक्रिया गर्नेलाई देखि मृगौला उपचार गर्ने बिरामीलाई रगतको अत्यन्तै खाँचो रहेको अवस्थामा क्लवले मानवीय कार्य गरेको छ,” न्यौपानेले थपे, “कोही पनि व्यक्तिले रगतको अभावमा ज्यान गुमाउने अवस्था आउन नदिन सबैले रक्तदान कार्यक्रम आवश्यक रहेको छ ।” नेपाल रेडक्रस सोसाइटी तनहुँका प्रतिनिधि सूर्यचन्द्र हड्खले, रोटरी क्लव अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी, इनरह्विल क्लव अफ दमौलीका अध्यक्ष आशा बानियाँ लगायतले रक्तदान जीवनदान भएकाले सबैले रक्तदान आवश्यक रहे बतााएका थिए । कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष मनोज राउतले स्वागत, कार्यक्रम संयोजक अनुज विमलीले धन्यवाद र सचिव विश्वप्रकाश भुषालले सञ्चालन गरेका थिए । क्लवका पूर्व सहसचिव स्व. सचिन श्रेष्ठको स्मृतिमा प्रत्येक वर्ष विभिन्न सामाजिक कार्य गदै आईरहेको छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button