नपाइने मलका लागि ८ घण्टा सास्ती

धान ‘टपड्रेसिङ’ गर्ने बेलामा त यूरिया मल पाइएला भन्ने सोंचेका व्यास ६ का बृद्धिमान श्रेष्ठ अहिले पनि मल पाउन नसक्दा चिन्तित छन्। मलको लागी दिनहुँ सहकारी संस्था धाउदै आएका छन्।

तर, एक किलो पनि यूरिया मल समेत किन्न पाएका छैनन्। ‘धान प्यालीन थाल्यो। यो बेलामा यूरिया छर्न पाइएन भने त धान फल्दैन’उनले भने–‘जतीबेला मल चाहिएको हुन्छ। त्यतिबेला नै मलको अभाव हुन्छ।’ मलनपाएर भौतारिएका श्रेष्ठ दमौलीमा शुक्रबार मल आउने खबर पाए । उनि बिहान ५ बजे उठे। तयार भएर साढे ७ बजे हिडिर दमौली आए। सकेसम्म अगाडि लाम लाग्न हतारिएका उनी पुग्दा ९ बजेको थियो। अगाडि धेरै लाममा बसिसकेका थिए। भीडमा अघिल्तिविहानदेखि बसेकासमेत थिए। यसैबीच हातमा नाम्लो लिएर व्यास ५ पतेनीकी शारदा काफ्ले त्यहाँ आईपुगिन् । व्यास ३ स्थित रहेको नवीन उपभोक्ता सहकारी संस्थामा लाम लागेका उनीहरूले साढे ११ बजेतिर धन्न १०–१० किलो मल पाए। बिहान देखि लाईनमा पालो कुरेकालाई भोली आउनु भनियो ।

शुक्रबार जम्मा तीन सय जनालाई चिनि मल दिइयो। सहकारीमा ७० बोरा चिनि मल आएको थियो । एउटा बोरोमा ५० किलो हुन्छ। एक बोरा फुटाल्दै ५ जनालाई बाँडीयो । साँझ ४ः ३० बजे सहकारी बन्द गदै किसानहरुलाई भोली आउनु भनियो । बालीको हरियाली कल्पना गरेर घण्टौं उभिएका बाँकी दुई दर्जन भन्दा बढी किसान रित्तो हात घर फर्किन बाध्य भए। ‘ दिनभरि लाइनमा बस्दा पनि मल पाइएन। अन्त पाइन्छ कि भनेर धेरैतिर चाहारियो तर रित्तो हात फर्कनु प¥यो’, म्याग्देका रामकुमार वाग्लेले भने, ‘यो देशमा मर्कामा पर्ने हामी किसान नै रहेछौं।’चर्को घाममा घण्टौं लाइन बस्दा पनि मल नपाएपछि उनको आक्रोशले सीमा नाघ्यो। ‘कृषिप्रधान देश रे ! हामी किसानले भनेको बेलामा मलसम्म पाउँदैनौं। बूढो मान्छे, घण्टौं भइसक्यो लाइन बसेको। अहिले आएर भोली आउनु भन्छन्। अब हामीले कसलाई गुहार्ने हो ? ’ उनी ठूलो स्वरमा कराइरहेका थिए। व्यास ७ की जौमाया कुमालले मल भएपनि नपाईएको गुनासो गरिन् ।

उनले भनिन्,“सहकारीमा मल तर साँझ साढे ४ बजेपछि पसल बन्द गरेर भोली आउनु भने । ” मल हुदाँ पनि वितरण नगरेको भन्दै जिल्ला प्रशासनमा उजुरी गर्न किसानहरु पुगे । यता सहरकारीकी सञ्चालक शारदा मिश्रले सबैलाई पुराउने तरिकाले मल बाडँदा पनि नपुगेको बताईन् । उनले भनिन्,“मल थोरै आएको थियो,अनि धेरै किसानहरु मल माग्दै अब कसरी सबैलाई मल पुराउन सकिन्छ । ” शुक्रबारको दिन ३ सय र शनिबार दुई सय जना किसानलाई मल बाडेको उनले बताईन् । उनले भनिन,“धेरै भिड भएर थेक्न नसकेपछि भोलि आउनु भनेर शुक्रबार पसल भन्द गरेका थियौ । तर किसानहरु भने उजुरी गर्न जानुभएछ । ”उनले थपिन्,“शनिबार पनि २ सय जना किसान मल बाड्यौ । तर अहिले मल सकिएको छ । ” मल अब कहिले आउने भन्ने जानकारी नभएको उनले बताईन् । धानखेती गर्ने अधिकांश किसान अहिले मलको खोजीमा छन्। खेतमा धानको बाला फलाउने सपना बोकेका उनीहरू हैरानी बेहोर्न बाध्य छन्। पछिल्लो समय तनहँुमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ। त्यसको पर्वाह नगरी किसान मलको रनाहामा भौतारिइरहेका छन्। जोखिम मोलेर भीडमा लाम लाग्छन्। र, अन्त्यमा रित्तै फर्किन्छन्। धान रोपाइँ सुरु गर्नुअघि पनि युरिया खोजेका किसानले धानकोे गाँज हाल्ने समयमा पनि मल पाउन सकेका छैनन्। सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा धानबाली बिग्रने खतरा बढेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button