कोरोनाको कहर बारे लघु चलचित्र

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको प्रस्तुतीमा लघु चलचित्र ’कहर’ सार्वजनिक भएको छ। कोरोनाका कारण सर्वसाधारणको जनजीवनमा परेको प्रभावलाइ लघुकथा मार्फत सार्वजनिक गरिएको हो ।

आकाश अधिकारीको कथा रहेको लघु चलचित्र ’कहर’मा दिवाकर भट्टराइ, हरिश्चन्द्र वाग्ले, कल्पना घिमिरे, रामकृपा भण्डारी, रामचन्द्र पौडेल (रामु) लगायतका कलाकारको भुमिका रहेको छ। कोपिला सुनारको छायांकन र भिडियो छायांकन रहेको चलचित्रको निर्देशन समुन्द्र पौडेलले गरेका हुन । कोरोनाका कारण पत्रिका बितरकको परिवारमा देखा परेको अबस्थालाइ लघु चलचित्रमा उतारिएको लघुचलचित्रका लेखक आकाश अधिकारीले जानकारी दिए । ’कोरोनाले सबै वर्गलाइ समस्या पारेको अबस्था छ’ उनले भने, ’यही अबस्थामा पत्रिका वितरण गर्ने व्यक्ति र उनको परिवारको कथाबस्तुलाइ समेट्न खोजेका हौ ।’

लघु चलचित्रमा कोरोनाले पारेको प्रभावलाइ उतार्ने प्रयास गरेको निर्देशक समुन्द्र पौडेलले बताए । ’कोरोनाले घरभाडामा बस्ने व्यक्ति, साना व्यवसायी, सर्वसाधारण सबै बर्गलाइ समस्यामा पारेको छ,’ उनले भने, ’यही बिषयबस्तुलाइ चलचित्रमा समेटेका हौ ।’ पछिल्लो समय तनहुँमा म्यूजिक भिडियो, लघु चलचित्र निर्माण हुन थालेपछि स्थानीय कलाकारहरूले समेत कलाकारितामा अबसर पाउन थालेका छन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button