नेपाल राष्ट्रिय मगर संघ तनहुँको अध्यक्षमा राना

नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ तनहुँको अध्यक्षमा माया राना चयन भएकी छन् । संघको सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट रानाको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा मनिराज थापा, सचिवमा शुभसन प्रयास राना, सह-सचिवमा अमर थापा, कोषाध्यक्षमा क्या. विष्णुबहादुर थापा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा केशबहादुर आले, गंगाबहादुर थापा, सन्तबहादुर थापा, लालकुमार थापा, तेजबहादुर राना, राजकुमार राना, हिमला आले, इन्द्रमाया थापा, आरती थापा, मिठुमाया थापा, पदमबहादुर राना, धर्मराज थापा र बलबहादुर थापा रहेका छन् । त्यस्तै महाअधिवेशन प्रतिनिधिमा गिरबहादुर थापा, दुर्गबहादुर राना, सुमन थापा,तिलबहादुर थापा, श्रीराम राना, रोमाया थापा,नरमाया आले, केशकुमारी राना, विमला थापा र ईन्द्रबहादुर थापा रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button