सिजनमा अभाव, अहिले टनाटन मल

जल्लामा ९ हजार सात सय पचास हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । धान खेतीका लागि दुई हजार चार सय २९ मेट्रिक टन युरिया, एक हजार तीन सय १६ मेट्रिक टन डिएपी र ६ सय ८९ मेट्रिक टन पोटास मल आवश्यक पर्छ । तनहँुका किसानले यो वर्ष पनि धानको सिजनमा रासायनिक मल पाएनन् । धान खेतीका लागि असार साउन महिनामा किसानलाई रासायनिक मल आवश्यक पर्छ । यो वर्ष धानको सिजनमा मलको हाहाकार नै भयो।

मागको करिब ३० प्रतिशत मात्रै मल किसानले बडो मुस्किलले पाए । सिजनका बेला कृषि सामग्री कम्पनीका गोदामहरु खाली भए । त्यहि खाली गोदाम हेरेर किसान निराश भएर फर्किन्थे। तर, अहिले कृषि सामग्री कम्पनीका कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान पनि निक्कै उत्साहित र मख्ख छन् । प्रायः सधैँ खाली हुने गोदामहरु रासायनिक मलले भरिएका छन्। आफ्नो गोदाम भरिएपछि कृषि सामग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ ।

अहिले कम्पनीको गोदाममा करिब ४ सय मेट्रिक टन रासायनिक स्टक छ। रासायनिक मल पर्याप्त भएपछि कम्पनीले सहकारी संस्थाहरुलाई मागे जति रासायनिक मल दिइरहेको दमौली स्थित रहेको कृषि सामग्री कम्पनीका प्रमुख बलबहादुर पन्थले बताए । पछिल्ला दिनमा किसानले पशुपालन गर्न छाड्दै गएका कारण कम्पोष्ट मलको प्रयोग घट्दै गएकाले रासायनिक मलप्रतिको निर्भरता बढ्दै गएको छ । रासायनिक मलको अभावका कारण कृषि उपजहरुको उत्पादन समेत प्रभावित हुँदै आएको छ । अहिले किसानलाई हिउँदे मकैका लागि मल आवश्यक रहेको छ ।

धान लगायत मल आवश्यक पर्ने सिजनमा मलको हाहाकार भए पनि पछिल्ला दिनहरुमा युरिया र डिएपी मल पर्याप्त मात्रामा आइरहेकाले कम्पनीले कृषि सहकारीहरुले मागे अनुसार नै मल वितरण गरिरहेको उनले बताए । अहिले आएको मल आगामी वर्षको धानको सिजनमा वितरण गर्ने तयारी कम्पनीको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button