तनहँुको लागि १० हजार कोभिड विरुद्धको डोज खोप

भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप मध्ये तनहँुले ३ प्रतिशत पाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुको अनुसार जिल्लाका १० हजार २ सय ५९ जनाले पहिलो चरणमा कोभिडविरुद्धको खोप पाउने भएका हुन् । विहिबार काठमान्डौं ल्याईएको खोप जिल्लाको लागि गण्डकी प्रदेशको खोप भण्डारण गृह पोखरामा छ । सरकारले कुल जनसंख्याको ३ प्रतिशतलाई खोप दिने भनेको छ ।

जिल्लामा पनि त्यही अनुसार आउने भएकाले तनहँुमा १० हजार दुई सय ५९ खोप प्राप्त हुनेछ । एकजनालाई २ पटक लगाउनुपर्ने भएकाले ४ देखि ५ हजार जनाले सुरुमा खोप लगाउन पाउने छन् । यसमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सरसफाइकर्मी र एम्बुलेन्स चालकले पहिलो प्राथमिकता पाउने छन् । गण्डकी प्रदेशमा पहिल्यैदेखि खोप भण्डारण हुँदै आएका २ वटा फ्रिज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रअन्तर्गत छन् ।

केन्द्रको त्यही फ्रिज कोभिड–१९ को भ्याक्सिन ‘कोभिसिल्ड’ राख्न प्रयोग गरिनेछ । खोप पोखरा आएको ३ देखि ५ दिनमा तनहँुमा पनि आउने भएको छ । अरु खोपजस्तै माइनस २ देखि ८ डिग्री सेन्टिग्रेडमा राखिने भएकाले जिल्लासम्म पु¥याउन कुनै समस्या नहुने बताईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button