शाहसिक छोरीले गरिन् बुवाको किरिया

अस्मिता खनाल
दमौली भदौ ५
छोरी किरियामा बस्नु हुँदैन भन्ने सामाजिक मान्यतालाई तोड्दै तनहुँकी एक उद्यमीले बुबाको किरिया बस्नु भएको छ ।  भि धनु राना आफ्नो बुवाको किरियामा बस्नु भएको छ। बुवा लिल बहादुर रानाको मृत्यु भएपछि राना माईतीघर भिमाद रघुमा किरिया बस्नु भएको हो ।
बुवाआमाको अन्तिम संस्कारमा सन्तानको बराबरी दायित्व हुन्छ भन्ने सन्देश दिन आफु १३ दिन किरियामा बसेको धनुले बताउनुभयो। “दाई जस्तै म पनि बुवाको सन्तान हुँ, बुवाको काजकिरिया गर्नु मेरो दायित्व हो, फेरि मेरो दाई मृगौलाको बिरामी हुनुभएकोले डायलिसिसका लागि अस्पताल गैरहनुपर्ने भयो, त्यसैले म किरियामा बसेको हुँ” धनुले भन्नुभयो “कतिपयले मलाई छोरी किन किरिया बस्नुप¥यो ? बस्नु हुदैंन भनिरहनु भएको थियो । छोरा छोरी दुवै बराबरी हुन् भन्ने समाजले बुझ्नुपर्छ ।” नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी जिल्ला कार्यसमिति तनहूँका सदस्य समेत रहेकी धनुले मृत्यु भएपछि मात्रै होईन जिवित हुदाँ पनि बुवाआमाको हेरचाह र उपचारमा छोरा र छोरी दुवैले समान सहभागिता जनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भिमाद नगरपालिकाका पुर्व मेयर मेख बहादुर थापाले बुवाआमाप्रति छोरा र छोरीको बराबरी हक र बराबरी कर्तव्य हुने बताउनुभयो । “हाम्रो पुरानो प्रचलनमा बिहे गरिसकेका छोरीहरु आफ्ना बाबा र आमाको मृत्युमा ५ दिन मात्रै किरिया गर्ने चलन छ तर धनु रानाले रघु गाउँमा पहिलोपटक १३ दिनसम्म छोराले जस्तै विधि पुरा गरी किरिया बस्नुभएको छ, यसले गाउँमा उदाहरणीय सुरुवात गरेको छ ।” थापाले भन्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी जिल्ला कार्यसमिति तनहूँका अध्यक्ष कल्पना गौलीले महिला उद्यमी धनुको साहसिक कदमले छोरा र छोरी समान् हुन् भन्ने सोच समाजमा स्थापित गर्न प्रेरणा प्रदान गरेको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button