भट्टराईले चुनाव जित्ने वक्ताहरुको ठोकुवा

दमौली खबर संवाददाता

दमौली, चैत २७

लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई चुनावी प्रचारप्रसारको लागि जनताको घरदैलामा व्यस्त रहेका छन् । चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय धमाधम खुल्ने क्रममा आइतवार नेपाली कांग्रेस व्यास नगरपालिका वडा नं. २ चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै संविधानसभाका सदस्य एवं महासमिति सदस्य रामचन्द्र पोख्रेलले लोकतन्त्रका हिमायती नेपाली कांग्रेसका विकासबादी नेता गोविन्द भट्टराईलाई जित सुनिश्चित रहेको र भट्टराईले अत्याधिक बहुमतले चुनाव जित्ने ठोकुवा गरे ।

नेकपा एकिकृत समाजबादी पार्टीकी केन्द्रिय सदस्य एवं पूर्व सांसद कलिला खानले संविधानको पालना र लोकतन्त्रको रक्षाको लागि पनि गठबन्धनका साझा उम्मेदवार भट्टराईले जिताउन अत्यावश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला सदस्य एवं व्यास नगर सभापति रामचन्द्र सापकोटाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउने कुरामा केन्द्रबाट नै निर्देशन भएबमोजिम दत्तचित्त भएर लागि गोविन्द भट्टराईलाई जिताएर पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल कांग्रेस व्यास नगर सभापति सुर्यचन्द्र हडखले, जिल्ला सदस्य कल्पना पोख्रेल लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा जिल्ला सदस्य तिल बहादुर थापा, डम्मरबहादुर अधिकारी, जिल्ला सदस्य बैकुण्ठ मिश्र, कल्पना पोख्रेल, महाधिवेशन प्रतिनिधि बिणा कैनी सल्लाहकार काशीराम श्रेष्ठ, नगर उपसभापति सुर्यकुमार मल्ल लगायतको उपस्थिती रहेको उक्त कार्यक्रमको वडा सचिव कृष्ण सुनारले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम वडाध्यक्ष टुकराज हमालको अध्यक्षमा भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button