निर्मला हत्याकाण्डको पुनः गंभिरतापूर्वक छानबिन गछौंः उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

दमौली खबर संवाददाता

तनहुँ, चैत २७ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कञ्चनपुरको निर्मला हत्या काण्डको पुनः गंभिरतापूर्वक छानबिनको काम भईरहेको बताउनुभएको छ । आईतबार तनहुँको सदरमुकाम दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भएको हो । अपराधिलाई कानुनको दायमा ल्याएर अमन चैन गर्नु सरकारको दायित्व भएकोले छानबिन भईरहेको बताउनुभयो । ‘‘जसले छुट दिन्छ त्यो पनि कारबाहीमा पर्छ, गंभिरतापूर्वक छानबिन गछौं’’ श्रेष्ठले भन्नुभयो ।

जुन घटना थाती छन् त्यसलाई निकर्षमा पु¥याउ गंभिर रुपमा छानबिन गरिने मन्त्री श्रेष्ठले बताउनुभयो । समृद्धिको हासिल गर्ने उद्धेश्यले पुरा गर्न अर्थतन्त्रलाई लयमा ल्याउने काम सरकारले गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । ‘‘कायापलट गछौं जादुको छडी झै भन्दैनौं तर तत्कालिन समस्यालाई पहिचान गरी समाधान गरी अथतन्त्र लयमा ल्याउँछौं’’ श्रेष्ठले भन्नुभयो । सरकारको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उहाँको भनाई थियो । “अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उहााले यसलाई लयमा ल्याइने बताउनुभयो । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररुपमा छलफल भइरहेको उहाँको भनाइ छ । गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका काममा ढिलाइ भएकोले समस्या परेको उहाँले बताउनुभयो । देशमा आर्थिक समृद्धीको लागि प्रधानमन्त्रीज्यूको विशेष पहलकदमीमा यही चैत २९ गते बृहत् छलफल गरिने श्रेष्ठले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button