वडा कार्यालयद्धारा सत्यवतीका विद्यार्थीलाई न्यानो कपडा प्रदान

दमौली खबर संवाददाता
दमौली, मंसिर २७ । व्यास नगरपालिका वडा नम्बर–२ ले दमौली स्थित सत्यवती माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर) प्रदान गरेको छ ।
वडा कार्यालयले मंगलबार एक कार्यक्रमबीच ८० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई हस्तान्तरण गरेको छ । न्यानो कपडा वडाध्यक्ष काशीराम श्रेष्ठ, वडा सदस्य सुरेश वाग्ले, प्रधानाध्यापक एकबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल लगायतले विद्यार्थीलाई हस्तान्तरण गर्नु भयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो । न्यानो कपडाको अभावमा विद्यार्थीलाइ विद्यालय जान कठिन नहोस् भनेर सहयोग गरिएको वडाध्यक्ष श्रेष्ठले हस्तान्तरण कार्यक्रममा बताउनुभयो । वडाले विद्यार्थीको समस्या प्रति चासो देखाएर सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काफ्लेले आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक अनिल श्रेष्ठले गर्नु भएको थियो ।
वडा कार्यालयले यस अघि बालमन्दिर माध्यामिक विद्यालयका विपन्न बालबालिकालाई स्विटर सहयोग गरेको थियो ।  वडा नम्बर २ स्थित जनसेवा प्राथमिक विद्यालयलाई पनि न्यानो कपडा चाँडै नै प्रदान गरिने वडा सदस्य वाग्लेले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button