पूर्वगृहमन्त्री जोशी निवासमा कार्यकर्ताको भीड आज भानु नगरपालिकाको मानेचौकाको कार्यक्रममा सहभागी हुने

दमौली खबर संवाददाता

दमौली,फागुन ६ गते ।

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दरराज जोशी गृह जिल्लामा आउनु भएपछि कार्यकर्ताको भीड लागेको छ । गृह जिल्लामा आएको खबर पाएसँगै नेता जोशी निवास व्यास–२ दमौलीमा शुक्रबार र शनिबार भीड लागेको हो ।

गृहजिल्लामा नेता जोशी कार्यकर्ता भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी हुनको नेता जोशी शुक्रबार गृह जिल्ला आउनु भएको थियो । नेता जोशीले भानु नगरपालिकाको मानेचौकामा कार्यकर्ता भेटघाट तथा भवन उद्घाटन गर्ने कार्यक्रम रहेको जोशीको सचिवालयले जनाएको छ । यस्तै गरी फागुन ९ गते विपी विचार समाज तनहुँको जिल्ला भेलामा सहभागी हुने कार्यक्रम रहेको छ । तनहुँ उद्योग वाणिज्यको भवनमा हुने कार्यक्रममा नेता जोशीले समाजको व्यक्तिसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बिपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितले बताउनुभयो ।

नेता जोशी दुई दशक देखि सत्ता बाहिर रहे पनि कार्यकर्ताहरु उहाँले आफ्नो समयमा गरेका विकास निर्माणको कार्य स्मरण गर्दै भेटघाटको लागि आउने गर्दछन् । उहाँको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो ।

नेता जोशीले दशौं हजारलाई रोजगारी दिएर चर्चामा आउनु भएको थियो । सोही समयको नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् । जोशीकै पालामा दमौलीका शिक्षा तालिम केन्द्र स्थापना, भानुमा शसस्त्र प्रहरीगण स्थापना, गाउँगाउँमा विद्यालय, क्याम्पस र स्वास्थ्य चौकी, बाटोघाटो र पुलपुलेसा, विद्युतिकरण पु¥याएर जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित हुनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button