आईसोलेसनमा एक महिना सम्म स्थानिय युवाले दुध उपलब्ध गराउने

दमौलीका स्थायिन युवाहरुले आईसोलेसनमा एक महिना सम्मको लागि दुध उपलब्ध गराउने भएका छन् । दमौली अस्पतालले कोभिड १९ सन्क्रमितको लागी स्थापना गरेको े व्यास १ स्थित आदिकबि भानुभक्त क्याम्पस र व्यास ३ स्थित आईसोलेसन कक्षमा १ महिना सम्मको लागि दैनिक २० लिटर सम्म आबश्यकता बमोजिम दुध उपलब्ध गराउने भएका हुन् ।

आईसोलेसन कक्षमा रहेका नागरिकलाई उपचारको क्रममा पौष्टिक आहारको कमि नहोस भनी असार १५ गतेदेखि श्रावणको १५ गते सम्मको लागी दुग्ध उपलब्ध गराउने भएका हुन । नेपाली कांग्रेस व्यास नगर सचीव तथा व्यास ५ वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ, नेपाली कांग्रेस तनहुँका सदस्य खनाल कन्स्ट्रक्सनको संचालक लक्ष्मीभक्त खनाल, नेपाल बिद्यार्थी संघ तनहुँका पुर्ब अध्यक्ष बसन्त बहादुर आले र सुगम पेट्रोल पम्पका संचालक महेश बतासले करिब ६० हजार बराबरको दुग्ध उपलब्ध भएका हुन् हाल राज्यले तोकेका र दिदै गरेका सुबिधा भित्र दुध नपरेको देखेपछि सो सहयोग गरिएको लक्ष्मी भक्त खनालले बताए।

सहयोग दाताहरुको व्यवस्थापनमा आजैबाट आईसोलेसनका नागरिकलाई दुध दिन शुरु गरिएको आईसोलेसन रहेको क्याम्पसको सेवक सजय श्रेष्ठ र व्यास ३ स्थित आईसोलेसन कक्षको अहेब महेन्द्र गौतमले बताए। हाल उक्त आईसोलेसनमा तनहुँका सबै पालिकाका गरि करिब ५२ जना उपचार गराई रहेका छन।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button