रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन

लायन्स क्लव अफ तनहुँ व्यास सिटीले सोमबार दमौली आयोजना गरेको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको छ । जिल्ला अस्पतालमा रगतको अभाव भएपछि पूर्ति गर्नका लागि क्लवले विश्व शान्ति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले महामारीमा पनि कार्यक्रम गरेर क्लवले उदाहरण कार्य गरेको बताए । उनले भने, ‘ कोरोनाको महामारीमा रगत आपूर्ति गर्न समस्या भएको बेलामा क्लबले रत्तदान कार्यक्रम आयोजना गरि उदारणीय कार्य गरेको छ । ’

रक्तदान गर्दा रक्तदान गर्ने व्यक्ति समेत फाईदा हुने बताउदै निरोगी सबैले रक्तदान गर्न आवश्यक रहेको बताए । लायन्स क्लव अफ नेपाल ३२५ वि १ का पूर्व गर्भनर अशोक कुमार श्रेष्ठले मानविय जीवनमा रक्तदान गर्न आवश्यक रहेको बताए । उनले स्वास्थ मानिसले केही महिनाको अन्तरमा रक्तदान गर्नु पर्छ । त्यस्तै लायन्स क्लव अफ नेपाल ३२५ वि १ का रक्तदान विभाग प्रमुख बालकृष्ण शर्माले स्वस्थ्य व्यक्ति रक्तदान गर्न आवश्यक रहेको बताउदै नियमित औषधी सेवन नगर्ने र युवा वर्गकाले रक्तदान गर्न सक्ने बताए ।

स्वास्थ रहेको व्यक्तिले वर्षमा चार पटकसम्म रक्तदान गर्न सक्ने र त्यसले स्वयं व्यक्तिको शरीरलाई स्वास्थ राख्न सहयोग पुग्ने शर्माले बताए । क्लवका अध्यक्ष कुमार मल्लले कोभिड–१९ को महामारीमा जिल्लामा रगतको अभाव भएपछि रगतको माग आपूर्ति गर्नका लागि रक्तदान गरिएको बताए । उनले भने,‘ हालको विषम परिस्थितिलाई मध्यनजर गरी रगत अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ’

क्लवका प्रथम उपाध्याक्ष एंव कार्यक्रम संयोजक प्रदिप मल्लले दमौलीमा रगतको अभावलाई मध्यनजर गर्दै हरेक वर्ष झै यस वर्ष पनि रक्तदान कार्यक्रम गरिएको बताए । क्लवको अध्यक्ष कुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ नेपाल ३२५ वि १ का डेपटी चिफ एड्भाइजर माधवबहादुर पन्त, क्लवका सचिव एकप्रसाद श्रेष्ठ लगाएतले बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button