अपाङ्गता व्यक्तिलाई प्रोत्साहन भत्ता बाड्दै व्यास नगरपालिका

दमौली खबर संवादाता
जेठ ३२ दमौली

पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई व्यास नगरपालिकाले प्रोत्साहन भत्ता बाड्न सुरु गरेको छ । नगरपालिकाकाले शुक्रबार १ देखि ४ नम्बर वडाका पहेँलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम प्रदान गरेको हो ।

१९ जना पहेंलो कार्ड प्राप्तलाई प्रतिव्यक्ति दुई हजार पाँच सयका दर प्रोत्साहन भत्ता वितरण गरिएको हो । सरकारले ‘क’ र ‘ख’ वर्गमा परेका व्यक्तिहरुलाई मात्र प्रोत्साहन रकम दिने निर्णय गरेको छ भने ग वर्गमा अर्थात पहेंलो कार्ड प्राप्त व्यक्तिहरुलाई भने प्रोत्साहन भत्ता कटट गरेको छ ।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नेपाल सरकारले पहेँलो कार्ड प्राप्त व्यक्ति अर्थात ग वर्गमा पर्ने लाई प्रोत्साहन रकम कटट गर्ने निर्णय गरेपनि व्यास नगरपालिकाले दिन शुरु गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

उनले भने, “सरकारले पहेंलो कार्ड भएका व्यक्तिहरुको भत्ता काटेको छ तापनी उनिहरुको आत्मबल बढाउनको लाई कार्यपालिका बैठकबाट पारित गरेरै वितरण शुरु गरेको हो,। ” अहिलेसम्म अन्य स्थानीय तहले वितरण गरेको थाहा नपाएको उनले बताए । अन्य वडाकालाई भने वडा कार्यालय मार्फत वितरण गरिने उनले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button