मिलिजुली युवा क्लबको मिलिजुली कार्य उपयुक्त

नेपाल हाल बढी उपेक्षित रहेको क्षेत्र भनेको खेलकुद र सास्कृति पक्ष हो । देश चिनाउन  खेलकुद र सास्कृति पहिचानको ठुलो महत्व छ । महत्व बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई खुर्पाको विड भने झैं नेपालमा यस क्षेत्रलाई समुचित रुपमा प्रवद्धन हुन सकेको छैन । खेलकुदले देश चिनाउन कति महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा वर्ड कप विजेता अजेन्टिनाबाट सिक्न सकिन्छ भने सस्कृतिको महत्व भएकोले डिभी चिट्टाबाट संसारभरीको सस्कृति भित्राउन अमेरिका लागि परेको छ ।  बन्दीपुर गाउँपालिका–६ खहरे स्थित मिलिजुली युवा क्लबको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता तथा ल्होसार सास्कृतिक कार्यक्रम हुने भएको छ । क्लबको ५ औं वार्षिकोत्सव तथा षौष ल्होसारको पूनित अवसरमा हरेक वर्ष झैं यस पटक पनि कार्यक्रम गर्न लागिएकोे खेलको विकास तथा सस्कृतिको संरक्षणमा  टेवा पुग्ने देखिन्छ । यस कार्यको लागि क्लबका अध्यक्ष रामबहादुर गुरुङ र खेल संयोजक सिद्धान्त गर्जामगर लगायतको मिजीजुली टिमको मिलिजुली कार्य राम्रो काम हो । यही पुस १५ गते सास्कृति कार्यक्रम गरिने र १६ गते भलिबल प्रतियोगिता गरिने भएको छ । यो कार्यक्रमको लागि खर्च धेरै लाग्ने अवस्था पनि छ । प्रथम पुरस्कार ४४ हजार ४४४ र दुईवटा कुखुराको भाले द्धितिय पुरस्कार ३३ हजार ३३३ एक भाले, तृतिय पुरस्कार २२ हजार २२२ र एक भाले साथै मेडल पुस्कार दिईने र अन्य व्यवस्थापन र सास्कृतिका कार्यक्रमको लागि कलाकार पारिश्रामिकले धेरै खर्च हुने देखिन्छ । भगवानले भन्छन् रे तँ आँट म पु¥याउँछु भने जस्तै यो कामको लागि आँट गर्ने सबैको मिलीजुली कार्यलाई साथ र सहयोग गरेर कार्यक्रम सफल पार्नुपर्दछ ।मिलिजुली युवा क्लबको मिलिजुली कार्य उपयुक्त
नेपाल हाल बढी उपेक्षित रहेको क्षेत्र भनेको खेलकुद र सास्कृति पक्ष हो । देश चिनाउन  खेलकुद र सास्कृति पहिचानको ठुलो महत्व छ । महत्व बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई खुर्पाको विड भने झैं नेपालमा यस क्षेत्रलाई समुचित रुपमा प्रवद्धन हुन सकेको छैन । खेलकुदले देश चिनाउन कति महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा वर्ड कप विजेता अजेन्टिनाबाट सिक्न सकिन्छ भने सस्कृतिको महत्व भएकोले डिभी चिट्टाबाट संसारभरीको सस्कृति भित्राउन अमेरिका लागि परेको छ ।  बन्दीपुर गाउँपालिका–६ खहरे स्थित मिलिजुली युवा क्लबको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता तथा ल्होसार सास्कृतिक कार्यक्रम हुने भएको छ । क्लबको ५ औं वार्षिकोत्सव तथा षौष ल्होसारको पूनित अवसरमा हरेक वर्ष झैं यस पटक पनि कार्यक्रम गर्न लागिएकोे खेलको विकास तथा सस्कृतिको संरक्षणमा  टेवा पुग्ने देखिन्छ । यस कार्यको लागि क्लबका अध्यक्ष रामबहादुर गुरुङ र खेल संयोजक सिद्धान्त गर्जामगर लगायतको मिजीजुली टिमको मिलिजुली कार्य राम्रो काम हो । यही पुस १५ गते सास्कृति कार्यक्रम गरिने र १६ गते भलिबल प्रतियोगिता गरिने भएको छ । यो कार्यक्रमको लागि खर्च धेरै लाग्ने अवस्था पनि छ । प्रथम पुरस्कार ४४ हजार ४४४ र दुईवटा कुखुराको भाले द्धितिय पुरस्कार ३३ हजार ३३३ एक भाले, तृतिय पुरस्कार २२ हजार २२२ र एक भाले साथै मेडल पुस्कार दिईने र अन्य व्यवस्थापन र सास्कृतिका कार्यक्रमको लागि कलाकार पारिश्रामिकले धेरै खर्च हुने देखिन्छ । भगवानले भन्छन् रे तँ आँट म पु¥याउँछु भने जस्तै यो कामको लागि आँट गर्ने सबैको मिलीजुली कार्यलाई साथ र सहयोग गरेर कार्यक्रम सफल पार्नुपर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button