-*तीन मुक्तकहरू*-

-*तीन मुक्तकहरू*-
रश्मि भट्ट

आफैलाई कजाउन नसक्नेले केअरूलाई कजाउनु ?
मनमा धर्म छैन ,मन्दिरमा के बीणा ,बाॅसुरी बजाउनु ?
कुनै जनताको अनुहारमा हाॅसो ,खुशी र उज्यालो छैन
अझै कति दिन होला नेताहरूले कुर्सि समाई रमाउनु ?

आफ्नै यो मन वशमा छैन अरूलाई के वशमा पार्नु ?
आफ्नै जिन्दगी सुखमा छैन अरूलाई के सुखमा राख्नु ?
चाहिने मात्र धाक र रवाफ देखाएको सुहाउॅछ सबैले
हिलोमा विपना डुबाएर सॅधै ,किन घामको सपना बाॅड्नु ?

रातमा कसैको नीद छैन ,दिनमा कसैको चैन छैन
निर्धोको लागि कहिल्यै देशमा कानुन र ऐन छैन
बिजुली छ ,सोलार,छ जेनेरेटर छ तिम्रो घरमा आहा!
सुदुर वस्तीमा , पुगेर हेर त लाल्टिन ,टुकी र मैन छैन ।।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button