व्लड क्यान्सरका रोगी पौडेलद्धारा सहयोगको याचना

समाजद्धारा ३३ हजार सहयोग प्रदान
तनहुँका एक युवकलाई व्लड क्यान्सर भएपछि उपचारको लागि उहाँको परिवार जनले सहयोगको याचना गरेका छन् । म्याग्दे गाउँपालिका–७ निवासी १८ बर्षीय बीरेन्द्र पौडेलको उपचारको लागि याचना गरिएको छ । पौडेलको परिवारजनसँग आर्थिक अवस्था कमजोर भएपछि उहाँलाई बचाउनको लागि अभियानलै सञ्चालन गरिएको हो । पौडेलको उपचारमा सहयोग पु¥याउन मंगलबार ३३ हजार बढी आर्थिक सहयोग गरिएको छ ।  म्याग्दे समाजले रु.३३ हजार पाँच सय ८० आर्थिक सहयोग गरेको हो । समाजका अध्यक्ष मनिराज थापाले बिरामी युवक बिरेन्द्रकी आमा मायादेवी पौडेललाई उक्त रकम हस्तान्तरण गर्नुभयो । म्याग्दे गाउँपालिका घर भई व्यवसायिक तथा अन्य प्रयोजनका लागि दमौली र यस आसपास क्षेत्रका बसोबास गर्ने ब्यक्तिहरुबाट संकलित रकम प्रदान गरिएको हो ।
उक्त अभियानमा पार्वता गेलालबाट रु.दश हजार,महेन्द्र काफ्ले÷राजु भट्ट रु.छ हजार दुई सय पचपन्न सहयोग रहेको समाजका सचिव विकास खनालले जानकारी दिए ।
गम्भीर प्रकारका रोग लाग्दाको अवस्थामा समाजले सहयोग गर्ने र आर्थिक संकलनको लागि समाजले चलाएको अभियानमा मनिराज थापाबाट रु.दुई हजार, सुजन पण्डितबाट रु.दुई हजार, भाग्यशाली ढुंगानाबाट रु.एक हजार पाँच सय,राधा बिश्वराज वाग्ले रु.एक हजार पाँच सय रमा वाग्लेले रु.एक हजार एक सय पाँच सहयोग गरेका छन् । त्यसैगरी,क्या.तारालाल मल्ल रु.एक हजार एक सय,राधा हरिश्चन्द्र वाग्लेले रु.एक हजार, कमला थापाले रु.एक हजार दश,पदम कुमार श्रेष्ठले रु.एक हजार दश आर्थिक सहयोग गरेका  छन् ।
त्यसैगरी विकास खनाल,कृष्णराज पौडेल,बलराम वाग्ले,केशवराज पौडेल,सीता वाग्ले घिमिरेले र दिवाकर भण्डारी रु.एक÷एक हजार आर्थिक सहयोग गर्नु भएको समाजले जनाएको छ ।  बिरामीको उपचारको लागि प्रयाप्त नभएको हुँदा सहयोग अभियान जारी रहेको अभियान्ता विष्णु पराजुलीले बताउनुभयो । निजको उपचारको लागि सहयोग गरिदिनको लागि आग्रह गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button