नेपाली काँग्रेस स्वतन्त्रत जोशी समुहद्धारा पूर्वगृहमन्त्री जोशीलाई उम्मेदवार बन्न आग्रह उम्मेदवार छनोट गर्ने जिम्मा जोशीलाई  नै

दमौली खबर संवाददाता
दमौली, भदौ १८ । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई उहाँ निकट कार्यकताहरुले आगामी सङ्घीय चुनाव उम्मेदवार बन्न आग्रह गरेका छन् ।
 जोशी समुहद्धारा सञ्चालित नेपाली काँग्रेस स्वतन्त्र अभियानले शुक्रबार दमौलीमा गरेको भेलाका अवसरमा वक्ताहरुले उहाँलाई नै चुनावमा उम्मेदवार बन्न आग्रह गरेका हुन् । भेलामा जोशीले म उम्मेदवार बन्ने कि नबन्ने भनि सुझाव मागेपछि भेलामा उपस्थित कार्यकताले जोशीले तनहुँको विकासको जग बसालेको र हाल तनहुँको विकास अवरुद्ध भएकोले उम्मेदवार बन्नु पर्ने बताएका थिए । विपी विचार समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङले नेता जोशी पटक पटक मन्त्री तथा सांसद पनि भईसकेको व्यक्ति भए पनि तनहुँमा उहाँ जत्तिको नेता अरु नभएकोले उम्मेदवार बन्नुपर्ने बताउनुभयो ।
नेता जोशीको बुढ्यौली उमेर भएकाले अन्तिम एक पटक सांसद बनेर तनहुँको मुहार फेर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा समाजका जिल्ला सभापति हरिशरण पण्डित नेता जोशी संसद बनेर अभिभाकत्व ग्रहण गरी तनहुँको जनतालाई विकास र रोजगारी दिनु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली समाजका सचिव कमलभक्त पोख्रेल जोशी सरलाई चुनावमा जिताउनको लागि शिक्षक पदबाट राजिनामा दिएर चुनावी अभियान लागेको बताउनुभयो । नेपाल सरकारका पूर्व सहसचिव कमल खनालले तनहुँमा शिक्षक तालिम केन्द्र ल्याउने, शसस्त्र प्रहरीगण ल्याउने, जिल्लाका हजारौं युवाहरुलाई रोजगारी दिने, दमौली अस्पतालको स्तरउन्नती पुल, सडक गाउँगाउँमा पुराउने, विद्यालयहरु स्थायी गर्ने, शिक्षकहरुलाई स्थायी गर्ने नेता जोशीमात्रै भएकोले उहाँलाई जनताले अत्यधिक मतले विजयी गराउने भएको उहाँ नै उम्मेदवार बन्नु पर्ने बताउनुभयो । जोशी समुहका सदस्य क्याप्टेन रेशम गुरुङको अध्यक्षमा भएको कार्यक्रममा  व्यास नगर समितिका सचिव कृष्णप्रसाद सोती, स्वतन्त्र अभियानका राजन पन्थ, हेमबहादुर रानाभाट लगायतले जोशीको जस्तो भिजन कसैमा नदेखिएकोले  उहाँनै उम्मेदवार बन्नु पर्नेमा जोड दिनुभयो  ।  सो अवसरमा नेता जोशीले जनताको भावाना अनुसार आफू उम्मेदवार बन्ने र काँग्रेसका अतिरिक्त एमाले, माओवादी, समाजवादी, राप्रपाका कार्यकर्तासँग पनि तनहुँको विकासको लागि भोट माग्न गाउँ गाउँ जान आग्रह गर्नुभयो । विद्यालय, क्याम्पस, अस्पताल, सडक, पुल, खानेपानी जे जस्ता विकास मैले पहिले गरें काँग्रेसले मात्रै उपयोग गरेका हैनन् भनेर बुझाउन कार्यकता समक्ष नेता जोशीले आग्रह गर्नुभयो । म पूर्वाग्रही ढंगले विकास गर्दिन र सबैको विकासको लागि एक पटक भोट दिनु भन्नस् भनि चुनाव प्रचार चुट्नुस्’ नेता जोशीले भन्नुभयो ।
चुनावी अभियानको कार्यक्रम तालिका समेत तय गरि सकेको जोशी समुहको सचिवालयले जनाएको छ । नेता जोशीले तीन समहु बनाई  तालिका भदौ १७ गते दमौली, १८ गते मानेचौका गरिसकेको छ भने आज  १९ गते डुम्रे बजारमा नेपाली काँग्रेसका अगुवा कार्यकर्तासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको छ ।  र भदौ २० गते विपी विचार समाज जिल्ला कार्य समिति तनहुँको वैठकमा सहभागी हुुनु हुने कार्यक्रम रहेको छ । मंसिर ४ गते तोकिएको संघ तथा प्रदेश निर्वाचनको तयारीको सम्बन्धमा कार्यकर्तासँग राय, सुझाव  तथा परामर्शको लागि तनहुँ क्षेत्र नम्बर १ को तीन ठाउँलाई भेटघाट शुरु गरिएको हो
उम्मेदवार छनोट गर्ने जिम्मा जोशीलाई  नै
यसैबीच स्वतन्त्र समुहले मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार छनोट गर्ने जिम्मा नेता गोविन्दराज जोशीलाई दिएको छ । दमौलीमा गरिएको भेलाले प्रदेशमा उम्मेदवार कसलाई बनाउने, गबन्धन भयो भने बाँडफाँड गर्ने जिम्मा जोशीलाई नै दिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button