म्याग्दे गाउँपालिकाका जनप्रतिनिधीको १०० दिनको २६ कार्य प्रगति सार्वजानिक

दमौली खबर संवाददाता
तनहुँ २० भदौ । स्थानिय तहको निर्वाचन भएपछि कार्यभार सम्हालेका स्थानिय तहका पदाधिकारीहरुको सय दिन पुरा भएको छ । सय दिन पुरा भएको अवसरमा म्याग्दे गाउँपालिकाले आफ्नो कार्यको उपलव्धी सार्वजनिक सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकुष्ण घिमिरे र समेतले आफ्नो सय दिनको उपलव्धी सार्वजनिक गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विविध बिषयका २६ वटा कार्य प्रगति  बताउनुभयो । उक्त अवधिमा सात वटा बैठक मार्फत १३२ वटा  विविध बिषयमाथि निर्णय भएको पत्रकार सम्मेलनमा जर्नाएको थियो । गाउँपालिका कार्यालयले गाउँपालिका भित्र रहेका ३२ वटा लिफ्टीङ्ग खानेपानीको पुरै बिल भुक्तानी गरिदिने भएको छ । बिल भुक्तानीको लागि करिब रु.पैतालिस लाख बिनियोजन गरिएको अध्यक्ष श्रेष्ठले  बताउनुभयो
गण्डकी प्रदेश सरकारले समेत यस नीतिलाई अवलम्वन गरेको हुँदा प्रभावकारी हुने बिश्वास गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सामुदायिक विद्यालय बस खरिदमा ४० प्रतिशत,भेटनरी जेटिए  स्थानीयलाई ५० प्रतिशत छात्रबृत्ति अनुदान,बिपदमा परेकालाई रु.दश हजार देखि २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको सो अवसरमा जानकारी दिईएको थियो ।
सुशासन,बिद्युतीय शासन,घरनक्सामा डिजिटलाइजेशन,घर नम्बर प्लेट सबै घरलाई निशुल्क दिने गरी पहिलो निर्णय संगै घरघरमा गई नम्बर कायम गर्ने कार्यको प्रारम्भ गरेको दाबी पत्रकार सम्मेलन जानकारी दिईएको थियो ।
त्यसैगरी सुत्केरी,गरीब तथा बिपन्न परिवारलाई पोखरा देखि चितवनसम्म एम्बुलेन्स निशुल्क प्रदान गर्ने निर्णय गरेको छ । दुग्ध उत्पादक किसानलाई दुधमा प्रतिलिटर रु.दश र हलगोरु पाल्ने किसानलाई रु.दश हजार अनुदान दिने निर्णय पारित गरेको छ ।
गाउँपालिका भित्र भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी कूल एक हजार तीन सय तीन निवेदन परेकोमा सबै प्रविष्ट गरी जग्गा दिलाउन कार्यमा पहलकदमी गरिरहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका कार्यालयले म्याग्दे–३ मा चिस्यान केन्द्र निर्माणको लागि रु.एक करोड असी लाख बजेट बिनिजन गरिसकेको बताए ।
म्याग्दे–७ मा दीर्घकालिन रुपमा पानीको समस्या समाधान गर्नको लागि गाउँपालिका र गण्डकी प्रदेशबाट गरी रु.दुई करोड पचास र संघीय सरकारबाट रु.एक करोड बिनियोजन गरिएको उनले सो अवसरमा जानकारी दिनुभयो ।
त्यसैगरी म्याग्दे–२ स्थित बहपुरमा फोहोरमैला व्यवस्थापनको लागि आधुनिक मेशिन सहित जग्गा खरिद गरी निर्माण कार्य अघि बढाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पहिलो सेवा लिन आउने सेवाग्राहीलाई पहिलो सेवा वडा र गाउँपालिकाबाट शुरुवात गरिएको बताउनुभयो  कार्य जिम्मेवारी तथा अख्तियारी प्रदान कार्य सम्पादन सम्झौता गरी कर्मचारीलाई क्रियाशिल गरिएको उहाँले बताउनुभयो  । कार्यालयले फोटोकपी सुविधा तथा निवेदन लेखन कार्यलाई निशुल्क सेवा दिन सहायता कक्ष स्थापना गरेको  छ ।
छ वटा ठेकदार कम्पनीलाई कारबाही
यसैबीच
म्याग्दे गाउँपालिकाले छ वटा ठेकेदार कम्पनीलाई जरिवाना गरेको छ । ठेक्का लगाएका घाटबाट बढी नदीजन्य बस्तु उत्खनन गरेका ठेकेदार कम्पनीलाई जरिवाना तोकी राजश्व असुली गरेको   गाउँपालिकाले जनाएको छ ।
जसमा ठेक्का लगाएका घाटबाट बढी नदीजन्य बस्तु उत्खनन गरेका ठेकेदार कम्पनीलाई जरिवाना तोकी राजश्व असुली गरेको हो ।
छ वटा ठेकेदार कम्पनीमध्ये तीन वटाले केही रकम बुझाएको,दुई वटाले कत्ति पनि नबुझाएको र एउटाले पुरै चुक्ता गरेको सो गाउँपालिका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक बर्ष ०७८÷०७९ मा बढी उत्खनन गर्ने ठेकेदारबाट पहिलो चरणमा रु.पन्ध्र लाख छयासी हजार नौ सय २१ असुली गरेको हो ।गाउँपालिका कार्यालयले मजुवाटार घाट,झकास फुलवारी माथिल्लो घाट,घुमौनीघाट, कुडुलेघाट, झिरलौदीघाट र टुनिबोट घाट ठेक्कामा लगाएको गाउँपालिकाका राजश्व शाखाका प्रमुख शिवप्रसाद ढुङ्गनाले बताउनभयो  ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button