सडक निर्माणको गणस्तर मापनमा ढिलाई नगरौं

दुलेगौंडा, हर्कपुर सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेको कुरा हाल चर्चामा छ । शुक्लागण्डकी नगरपालिकामा निर्माण भइरहेको यस मोटर मार्गमा ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गरेपनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । मार्ग निर्माणको जिम्मा पाएको कम्पनीले सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरे पनि सो सामग्री हाल सम्म फिर्ता नहुनुले मिलेमतो भएको आशंका समेत गरिएको छ ।

सडक निर्माणको जिम्मा पाएको काठमाडौंको शङ्कर माली निर्माण सेवाले हाल सोही सडकखण्डमा टेवा पर्खाल, कल्भर्ट तथा नाली लगायतको निर्माणको काममा कमसल सामग्री प्रयोग गरेको आरोप लागिसक्दा पनि पूर्वाधार विकास कार्यालयले चासो दिएको पाईएको छैन । । सडक पूर्वाधारको रुपमा रहेको ती काममा निर्माण कम्पनीले कमसल बालुवाको प्रयोग गरेको उपभोक्ताले गुनासो गरेका छन् । एक नम्बरी बालुवाको प्रयोग गर्नुपर्ने ठाउँमा माटो मिसिएकोे तथा आकार नमिलेको बालुवमा प्रयोग गरेको बताईएको छ । ठेकदारले बढी मुनाफा कमाउन गुणस्तर नभएको सामग्री प्रयोग गरिएको भनि उपभोक्ताहरुले बिरोध गरेका छन् तर जिल्ला प्रशासन कार्यालयको पनि त्यसमा अझै ध्यान पुगेको छैन । गुणस्तरहिन सामग्री प्रयोग गर्दा थाहा नपाए जस्तो गरिनुमा पूर्वाधार विकास कार्यालयका कर्मचारी चनाखो हुनपर्छ तर त्यसमा उनिहरुको ध्यान गएको छैन । कमिसनको चक्करमा लापरबाही हुँदा समेत वास्ता गरिएन भने त्यो भन्दा विडाम्बना अरु केही हुन सक्दैन ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button