उद्यमशील सहकारीको सेवा अब देखि क्लाउड वेसबाट

दमौली खबर संवाददाता

दमौली, वैशाख १४

व्यास नगरपालिका २ दमौली स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २८ औं महिनामा नै आफ्नो सेवा क्लाउड वेसबाट सुरु गरेको छ । शेयर सदस्यहरुले जम्मा गरेको रकमलाई पारदर्शी र सुरक्षित राख्न वैशाख १३ गते बुधबारदेखि क्लाउड वेस सेवा जडान गरिएको हो ।

लेखा सम्बन्धि सवै विवरण राख्नका लागि वित्तिय क्षेत्रमा अत्याधुनिक र सुरक्षितप्रविधि नै क्लाउड वेस सेवा हो । यो सेवालाई नेपालीमा इलेखा प्रणाली भनेर समेत भनिन्छ । कार्यालयका सबै वित्तियविवरण इन्टरनेटमा सुरक्षित राखिने भएकोले प्रकोपजन्य दुर्घटनाबाट कम्प्युटर लगायत सबै काजगात नष्ट भए पनि विवरणहरु भूउपग्रहमा सुरक्षित रहने भएकोले आफूहरुले यो सेवा विस्तार गरेको उद्यमशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकल्प श्रेष्ठले बताउनुभयो ।

‘हामीले शेयर सदस्यको बचतलाई सुरक्षित र वित्तिय विवरणलाई चुस्त, दुरुस्त राख्न यो सेवा शुरु गरेका हौं,’ अध्यक्षश्रेष्ठले भन्नुभयो , ‘यो सेवा जडान गरेपछि उद्यमशील सहकारीमा रहेको रकम सदस्यहरुले अन्य बैंकमा समेत सजिलै ट्रान्सफर गरी नेपालभरीबाट झिक्न सकिन्छ । त्यसैले सदस्यहरुलाई सेवादिने उद्धेश्यले क्लाउड वेश सेवा जडान गरेकाहौं ।’

स्थापनादेखि नै उद्यमशील सहकारी संस्थाले मोवाइल बैंकिङ सेवाबाट खानेपानी, विजुलीलगायतको विलमोवाइलबाटै तिर्न सकिने सेवा प्रदान गर्दै आएको सहकारीका सचिव पूर्ण विकेले जानकारी दिनुभयो । सहकारी संस्थामा चैत्र मसान्तसम्ममा ३ सय शेयरबाट २ करोड ६ लाख ८० हजार ३ सय रुपैंयाँ शेयर पुँजी र कुल ४ करोड ३९ लाख ३९ हजार ८ सय ७० रुपैंयाँको वित्तियकारोवार गरेको सहकारी संस्थाका व्यवस्थापक सन्दिप गुरुङले बताउनुभयो । सहकारी संस्थाले सर्वसुलभ व्याजमा सदस्यहरुलाई सेवादिदैं आएको समेत व्यवस्थापक गुरुङले जानकारी दिनुभयो ।

२०८० को भित्तेपात्रो विमोचन, कर्मचारीलाई विदाई तथा स्वागत

उद्यमशीलसहकारी संस्थाले नयाँबर्ष २०८० को भित्तेपात्रो सार्वजनिक गरेको छ । संस्थाका नवनियुक्त कानुनी सल्लाहकार ऋषिराम पोखरेलले विहिबार भित्तेपात्रो सार्वजनिक गर्नु भएको हो । भित्तेपात्रोलाई आफ्ना शेयर सदस्यहरुलाई सहजहोस् भन्ने हेतुले बजारमाल्याईएको सहकारी संस्थाका उपाध्यक्ष रामचन्द्र भट्टले जानकारी दिनुभयो । भित्तेपात्रोमा सहकारी संस्थाको प्रत्येक महिनाको कार्यदिन, विदाको विवरण, साधारण सभा समय समेत तोकिएको छ । सहकारी संस्थाका बजार प्रतिनिधिहरु मार्फत भित्तेपात्रोलाई सबै शेयरसदस्य माझ पु¥याईने सहकारी संस्थाका कोषाध्यक्ष भिमसिं ठकुरीले बताउनुभयो । विहिबार नै सहकारी संस्थामा स्थापनाकालदेखि नै कार्यरत लेखापाल चन्दा शाही ठकुरीलाई विदाई गरिएको छ । विदेश जानुपर्ने भएकोले शाही ठकुरीलाई विदाई गरिएको र सहकारी संस्थामा नवनियुक्त कर्मचारीहरुलाई स्वागत गरिएको कोषाध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button