२९ वर्षको तन्देरी भयो व्यास नगरपालिका

सविन लामिछाने

विंस २०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि सम्पन्न पहिलो आम निर्वाचनबाट २९ वर्ष अघि व्यास नगरपालिकाको स्थापना भयो । वि.सं २०४८ चैत ३० गते नगरपालिका घोषण भएसँगै विंसं २०४९ वैशाखमा नगरपालिको निर्वाचन भयो । संस्थापक मेयरको रुपमा निर्वाचित भएका ताराप्रसाद श्रेष्ठले व्यास ३ स्थित अनसनचौतारी साविक कृषि विकासको कार्यालयमा रहेको ठाँउमा दुई कोठे भवन निर्माण गरि नगरपालिका संचालन गरे । एक टेबल, कुर्चीको भरमा नगरपालिका संचालन गरेको श्रेष्ठले बताए । उनको कार्यकालमा पालिका भित्र झण्डै दुई सय कि.मि आन्तरिक बाटो निर्माण, खानेपानी, शिक्षा क्षेत्रमा काम गरेको श्रेष्ठले सुनाए ।

उनले भने, ‘ पहिलो पटक निर्वाचित भएको हुनाले नगरपालिका संचालन सम्बन्धी कार्यमा अविज्ञ थिए । अग्रजहरुको सल्लाहसुझाव लिएर नगरपालिका संचालन गरे । ’ उनले अघि भने,‘ नत स्रोतसाधन नै थियो नत दक्ष कर्मचारी नै । ’ यस्तो अवस्थामा पनि विभिन्न योजनाका सिफारिस लगायत विकास निर्माणका कामहरु तीव्र गतिमा भएको श्रेष्ठले बताए ।

संस्थापक मेयर श्रेष्ठले भने,‘जनतालाई सेवा गर्ने भावना लिएर सडक, शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रको विकास निर्माणमा जोड दिएको थिए । मेरो कार्यकालमा २ सय कि.मि आन्तरिक बाटो, ७ प्राथमिक विद्यालय निर्माणका काम भएको थियो । ’ श्रेष्ठको कार्यकाल पछि धुव्र वाग्ले दोस्रो मेयर बने । उनको कार्यकालमा पालिकालाई हालको नगरपालिका रहेको व्यास ३ सफासडकमा रहेको पुरानो भवनमा स्थान्तरण गरियो । त्यही ठाँउमा रहेर अहिले पनि नगरपालिका चलिरहेको छ । पुरानो भवन विस्थापित गदै नयाँ आधुनिक भवन निर्माण गरि नगरपालिकाको काम चलिरहेको छ । वर्तमान नगरप्रमुख वैकुण्ठ न्यौपानेको कार्यकालमा नयाँ बहुउद्देश्यी भवन निर्माण गरिएको हो ।

सोमबार नगरपालिकाले आयोजना गरेको २९ औ स्थापना दिवस कार्यक्रममा बोल्दै संस्थापक मेयर श्रेष्ठले सामान्य टिनले छाएर संचालन गरिएको नगरपालिका अहिले आधुनिक भवनमा रहेको देख्दा खुसी लागेको बताए । उनले भने, ‘झुप्रोबाट सुरु गरिएको नगरपालिका अहिले जिल्लाको केन्द्रबिन्दु रुपमा परिचित छ । ’उक्त कार्यक्रमको उद्घाटन काँगे्रसका केन्द्रिय सदस्य शंखर भण्डारी गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले पर्यटन, शिक्षा र कृषिलाई मुख्य प्राथमिकतामा राखेर उल्लेख्य प्रगतिका लक्ष्यहरु लिएर अघि बढेको बताए । नगरपालिकाले नगरको दीर्घकालिन सोच र विकासको लक्ष्यलाई केन्द्रिकृ गरि मादी नदी एकीकृत बहुउद्देश्यीय परियोजना, ताल निर्माण, एकीकृत जग्गा विकास कार्यक्रमलाई आर्थिक तथा समृद्धिको आधारशीलाको रुपमा मानेको प्रमुख प्रशासाकिय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

नगर प्रमुख न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्त, प्रदेश सांसद डोबटे वि.क, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख उदयराज गौली,बन्दिपूर गाँउपालिका उपाध्यक्ष करुण गुरुङ लागयतले बोलेका थिए । कार्यक्रममा नगरपालिकाले आगमी दिनमा चाल्ने कदम एवंम् योजनाहरुलाई युवा पुस्ता र उतराधिकारी जनप्रतिनिधिहरुले आत्मसाथ गर्ने प्रकृयाको स्थापितको लागि व्यास नगर दर्पण पुस्तक विमोचन गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button