पालिका स्तरीय भालिबल प्रतियोगिताको उपाधि बौदिकाली नवलपुरलाई

दमौली खबर संवाददाता

तनहुँ, फागुन ३० गते

तनहुँमा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि बौदिकाली गाउँपालिका नवलपुरले जितेको छ ।

स्याङजाको वालिङ नगरपालिकालाई पराजित गर्दै नवलपुरको बौदिकाली गाउँपालिकाले उपाधि उचालेको हो । प्रतियोगितामा बौदिकालीले वालिङलाई ३–१ सेटमा पराजित गरेको हो । प्रतियोगितामा गल्कोट गाउँपालिकाले शुक्लागण्डकी नगरपालिकालाई हराउदै तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः १ लाख ५० हजार, १ लाख, २५ हजार र १५ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी र महोत्सवका मुल संयोजक बिमलप्रसाद रिमालले वितरण गरे । भलिबल प्रतियोगितामा १२ वटा पालिकाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, घोषित गरी आकर्षक पुरस्कार प्रदान गरिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक हरिबहादुर थापाले जानकारी दिनुभयो । तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सवका अवसरमा प्रतियोगिता गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button