जनशक्तिको अभाव झैल्दै तनहुँ अदालत

तनहुँ, साउन १७ । तनहुँ जिल्ला अदालतले जनशक्ति र भौतिक साधन र स्रोत अभाव रहेको छ ।  अभाव हुँदा सेवा प्रवाहमा कठिनाई भएको छ ।
 सेवाग्राहीको चाप बढेको तर जनशक्ति भने थप हुन नसकेकोले सेवा प्रवाहमा असहजता भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताउनुभयो । कूल ५६ जना दरबन्दी रहेको अदालतमा स्थायी २५ र करार २२ गरी ४७ जना कर्मचारी कार्यरत छ भने न्यायाधीश एक, डिठ्ठा पाँच र तामेल्दार तीन गरी नौजना कर्मचारी रिक्त भएकोले समस्या परेको कुँवर बताउनुहुन्छ । जिल्ला अदालतमा तीन न्यायाधीशको दरबन्दी रहे पनि हाल दुई न्यायाधीश मात्रै कार्यरत रहेको स्रस्तेदार कुँवरले जानकारी दिनुभयो ।
कुँवरका अनुसार हाल स्रेस्तेदार एक, तहसिलदार एक, शाखा अधिकृत एक, इजलास अधिकृत दुई, नायब सुब्बा ११, लेखापाल एक, सूचना प्राविधिक सहायक एक, सर्भेक्षक एक, कम्प्युटर अपरेटर एक, डिठ्ठा आठ, तामेल्दार छ, हलुका सवारीचालक एक र कार्यालय सहयोगी नौजना कार्यरत छन् । तीन जनदरबन्दी भएकोले तीन वटा इजलास हुनुपर्नेमा दुई मात्रै रहेको उहाँले जानकारी दिनुभयो । हाल दुईवटा इजलास भएको र तीन जना न्यायधिसको दरबन्दी भएकोले  एउटा इजलास थप गर्न बाँकी छ तर त्यसको लागि कोठाको अभाव छ’ कुँवरले भन्नुभयो ।
पुस्तकालय, मेलमिलाप कक्ष, वैतनिक कानुन व्यवसायी कक्ष, बालमैत्री कक्ष र सरकारी वकिल कक्ष समेतको स्थान अभाव रहँदै आएको अदालतले जनाएको छ  । अदालतले आर्थिक वर्ष २०७८÷७९ मा ५४.५६ प्रतिशत मुद्दा फच्र्यौट गरेको छ । जिम्मेवारी सरिआएका र नयाँ दर्ता भएका मुद्दामध्ये उक्त अवधिमा आधाजसो मुद्दा मात्रै फच्र्यौट भएको अदालतले जनाएको छ । अदालतका अनुसार उक्त अवधिमा लक्ष्यभन्दा कम मुद्दा फच्र्यौट गरेको हो । अघिल्लो वर्षको जिम्मेवारी सरिआएका ९५९ र नयाँ दर्ता एक हजार ५४१ गरी कुल दुई हजार ५०० मुद्दामध्ये एक हजार ३६४ मुद्दा फच्र्यौट  भएको छ । हाल एक हजार १३६ मुद्दा फच्र्यौट हुन बाँकी छ ।  मुद्धाको चाप अनुसार हाल रहेको जनशक्तिलाई दोब्बर पार्नु पर्ने स्रेस्तेदार कुँवर बताउनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button