हिंसा पिडितलाई मनोपरामर्श

लैंगिक हिंसा न्यूनिकरणका लागी समुदायमा बेलाबखतमा चेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताईएको छ । महिला शसक्तीकरण सञ्चार समाजको आयोजना र व्यास नगरपालिको सहयोगमा सोमबार दमौलीमा भएको विशेष बहसका वक्ताहरुले आफुले लैंगिक हिंसा गर्दिन भनेर प्रण गर्नुपर्नेमा जोड दिईएको हो । ‘लैङ्गि हिंसा अन्त्यको लागि प्रतिबद्धता, व्यक्ति समाज र सबैको एक्यवद्धता’ विषयक बहसमा वरिष्ठ अधिवक्ता समेत रहेका व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानलेले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान वर्षमा एकपटक मात्रै गरिएको उल्लेख गर्दै हिंसा विरुद्धको अभियान बारम्बार चलाएर चेतना जगाउनुपर्ने बताए । चेतनाको अभावमा हिंसा बढिरहेको उनको भनाई छ । हिंसा पीडितले मनोपरामर्श सेवा नपाउँदा मानसिक रोगको सिकार हुनुको साथै आत्महत्या सम्म गर्ने उनले बताए ।

सम्पन्न परिवारमा पनि हिंसा बढीरहेको न्यौपानेले बताउँछन् । ‘चार, पाँच ढलानबाट उक्लिएर म गुनासो सुन्न गईरहेको छु । उनिहरुले उचित परामर्श नपाउँदा समस्यमा परेका छन् ’ न्यौपानेले भन्छन् । विशेष त महिलाले आपूmले भोगेको पिडा राख्न नपाउँदा दोषीहरुले सजाय नपाउने र उल्टै पिडितले गलत बाटो रोजेर ज्यान जाने बताए । उनले परामर्श केन्द्रको खाँचो रहेकाले नगरपालिकाको तर्पmबाट हुने सहयोग गर्न तत्पर रहेको बताए ।

जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेलले लैंगिक हिंसा विरुद्धका अभियानहरु सञ्चालन गर्न समन्वयसँग खर्च गर्ने अधिकार नभएको तर तनहुँका दशवटै पालिकाले अभियान सञ्चालन गर्न समन्वयकारी भूमिका खेलीरहेको बताईन् । पित ृशतात्मक समाज भएकोले तुलनात्मक रुपमा माहिलाहरु हिंसाबाट पिडित हुने गरेकाले कडा कानुनी सजायको व्यवस्था गर्नुपर्ने बताईन् ।

व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले महिलाहरु संगठित भएर आवाज उठाउनु पर्ने आवश्यकता औल्याईन् । पिडकले कडा साजय पाएमा हिंसा गर्नेको मनोबल गिर्दै जाने बताईन् । साथै उनले हिंसा गर्ने प्रति मेलमिलाप नगरी कानुनी साजय दिनुपर्ने धारणा राखिन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले हिंसाको घटनालाई तुरुन्त मुद्धाको प्रक्रियामा लाने प्रकृयामा कमै अपनाईने बताए । ‘बलत्कार जस्ता गम्भिर अपराधमा पनि महिलालाई नै दोषी देखाउन कोशिष गरिन्छ । त्यसकारण तुरुन्त कारबाहीको प्रक्रियामा जान्छौ छलफल गर्दैनौं ’ बरालले भने ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले पीडक तुरुन्तै नियन्त्रणमा लिएर सम्झाउने नभई कानुनी कठघरामा उभ्याउने गरिएको उनले सुनाए । अधिवक्ता सरिता भण्डारीले पुरुषले अति गरेको कारण सहनै सकिन के गर्ने भनेर महिलाहरुको गुनासो आउने क्रम बढी रहेको उल्लेख गर्दै आर्थिक र मादक पदार्थ सेवन जस्ता कारण महिलामाथि हिंसा बढिरहेको बताईन् । कार्यक्रममा हिंसाका सम्बन्धमा महिला सशक्तिकरण समाजकी अध्यक्ष प्रकृति खनाल न्यौपानेले सरोकारवालासँग वहस गरेकी थिईन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button