व्यास नगरपालिका–११ को निर्वु सामुदायिक वनमा मानव कङ्काल फेला

दमौली खबर संवाददाता

तनहुँ, माघ २८

तनहुँको व्यास नगरपालिका–११ को निर्व सामुदायिक वनमा शनिबार मानव कङकाल फेला परेको छ । स्थानीयले कङ्काल देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अबदेश बिष्ट क्षेत्रीको कमाण्डको अनुसन्धान टोलीले उक्त कङ्काल शनिबार निकालेर दमौली अस्पतालमा पोष्र्टमार्टमको लागि ल्याईएको छ । कङकाल धेरै पुरानो भएकाले कुन व्यक्तीको हो भन्ने एकिन गर्न कठिन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा परेको उजरीको आधारमा छानबिन गरिने निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक भानु शर्माले बताउनुभयो । ‘‘कङ्काल धेरै पुरानो भएकोले नामथर, वतन र लिङ्ग समेत पहिचान हुन नसकेको छैन’’ प्रहरी निरीक्षक शर्माले भन्नुभयो ।

घटनास्थल सुरक्षित गरी घटनास्थलमा देखिए अनुसारको विवरण सहित घटनास्थल तथा लासजाँच मुचुल्का गरी उक्त कङ्काल पोष्टमार्टम तथा सनाखत प्रयोजनार्थ दमौली अस्पतालको शव गृहमा लिई राखिएको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको शर्माले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button