कांग्रेसमा महाधिवेसन लहर : तनहुँमा पनि बढ्दै सरगर्मी

दमौली खबर संवाददाता
अहिले देशभर नेपाली काँगे्रसको चौधौं महाधिवेसनको सरगर्मी चल्न थालेको छ । केन्द्रीय महाधिवेसनका लािग चर्चा भैरहेको बेला जिल्लामा पनि अधिवेसनको माहोल सिर्जना हुन थालेको छ । काँगेस्रको अधिवेसनको मिति नजिकिएपछि जिल्लाका नेताहरु बिस्तारै गाउँ पस्दैछन् । कोही बाढी पीडित, कोरोना संक्रमित लगायतलाई राहत वितरण गरेर भएपनि आफ्नो उपस्थिति सामाजिक संजालमा देखाइरहेका छन् । कोही नियमित रुपमा पार्टीको कार्यक्रममा क्रियाशित छन् । वडा तहबाटै निर्वाचित भएर आएपछि मात्रै जिल्ला र केन्द्रमा जान पाउने कानूनी प्रावधान कांग्रेसमा छ । अघिल्ला अधिवेसनभन्दा यो अधिवेसनमा क्रियाशिल सदस्यता दोब्बर बढेका छन् ।

त्यसैले अधिवेसन रोचक हुने संभावना छ । आफ्नो पक्षका के कति छन् भनेर उम्मेदवारले पहिचान गर्ने यो पहिलो मौका पनि हो । निषेधाज्ञा र कोरोना कहरका कारण लामो समयदेखि बजारहरु सुनसान थिए । तर साउन १२ गतेबाटै वडा तहको अधिवेसन सुरु हुने भएकोले चोक चोकमा अहिले कांग्रेस महाधिवेसनबारे बहस सुरु भएको हो । साउन १६ गते गाउँ–नगर अधिवेसन, साउन २० गते प्रदेशसभा क्षेत्रीय अधिवेसन र प्रतिनिधिसभा क्षेत्रीय तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेसन साउन २३ गते हुनेछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा भने साउन २६ गते निर्वाचन हुनेछ । प्रदेशमा भदौ १ र २ गते तथा भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेसन हुनेछ ।

अधिवेसनले वडादेखि क्षेत्रसम्मको पदाधिकारी, केन्द्रीय महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य र जिल्लाको पदाधिकारी छनौट गर्छ । अहिले जिल्लाको सभापतिबारे अहिले बढी चर्चा छ । केन्द्रको आधारमा जिल्लामा गठबन्धन हुनसक्ने भएकाले जिल्ला नेताहरु केन्द्रको मुख ताकेर बसेका छन्।उपसभापति विमलेन्द्र निधिको प्रतिनिधित्व तनहुँमा केन्द्रीय नेता गोविन्द भट्टराईले गरेका छन् । जितप्रकाश आले पनि सभापतिमा उठ्ने तयारी गरेका छन्। उनी हाल कार्यबाहक सभापति छन्। आलेको सम्बन्ध केन्द्रमा दुबै पक्षसँग समधुर रहेको बताइन्छ।

काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आलेलाई समर्थन नगरेर बैकुण्ठ न्यौपानेलाई नै अघि सार्ने सम्भावना पनि छ। न्यौपानले जिल्ला सभापतिको भूमिका पनि निर्वाह गरिसकेका छन्। पौडेल पक्षबाट नै महासमिति सदस्य डा कृष्ण गौतमको नाम पनि चर्चामा छ। सचिवद्वय विश्व बाँस्तोला र लक्ष्मी आचार्य सभापतिका आकांक्षी देखिएका छन्। व्यास नगर सभापति तथा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पनि सभापति बन्ने इच्छा देखाएका छन्। केन्द्रीय नेताहरुको रुचि पनि जिल्ला नेतृत्वमा देखिने भएकाले उनीहरुको चाहना अनुसार तनहुँको नेतृत्व चयन हुने भएको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button