पौडेल पक्राउको विरोधमा कांग्रेसले देशभर प्रर्दशन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रर्दशन गर्ने भएको छ। शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले सरकारविरुद्ध मंसिर २९ गते ७७ वटै जिल्लामा विरोधसभा गर्ने निर्णय गरेको हो। बुधबार गृहजिल्ला तनहुँमा बोल्दीखोलाको पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको थियो। घटना लगत्तै आक्रोशित भएर सडकमा उत्रेको कांग्रेसले त्यसलाई मुद्दा बनाएर योजनाबद्ध रुपमा सडकमा आउने निर्णय गरेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए। उनले देश सञ्चारसँग भने, ‘सरकारको दमन, स्वेच्छाचारी गतिविधिविरुद्ध कांग्रेसले ७७ वटै जिल्लामा विरोधसभा गर्ने निर्णय गरेको छ।’

विरोधसभालाई शीर्ष नेताहरुले जिल्ला जिल्ला पुगेर सम्बोधन गर्ने उनले बताए। विपक्षी कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको, कोरोना महामारीलाई व्यवस्था गर्न नसकेको ठहर पनि गरेको छ। सभपाति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गर्ने निर्णय पनि गरेको छ । गत असार १८ गते नेकपाभित्रको किचलो उत्कर्षमा पुगेका बेला सरकारले आकस्मिक रुपमा अधिवेशन बन्द गरे पनि अर्को अधिवेशन बोलाएको छैन। संसद नहुँदा जनताको आजाव अवरुद्ध भएको कांग्रेस दाबी छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button