निर्बु वाराहालाई ओझेलमा नपरौ

छाब्दी वाराही जस्तै शक्तिशाली रुपमा विश्वास गरिने भए पनि निर्बुवाराहा ओझेलमा परेको छ । छाब्दीको बहिनी भएकोले पनि उत्तिकै शाक्तिशाली रहेको विश्वास गरिएको भएपनि उचित प्रचार प्रसार नहुँदा धेरैले चिन्दैनन् व्यास नगरपालिका–११ स्थित निर्वु वाराहा । यदी यस ठाउँको प्रचार प्रसारमा ध्यान दिने हो भने छाब्दीमा जस्तै भत्तजनको ओहिरो लाग्न सक्छ । धार्मिक पर्यटकको भीड बढ्यो भने स्थानीय वासिन्दाको आय स्तर परिवर्तन ल्याउन टेवा पुग्दछ । निर्बु वाराह मन्दिरको पर्यटन प्रवद्धनको लागि स्थानीय वासिन्दा जुरुमुराएका छन् यो खुसीको कुरा हो ।  पर्यटन प्रवद्धन गर्न आकर्षण मन्दिर निर्माण गरिएको छ । स्थानीय वासिन्दाको सक्रियता मन्दिर निर्माण गरिएको हो । मन्दिरको गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रीे डोवाटे बिश्वकर्माले मंगलबार उद्घाटन समेत गरिएको छ । मन्दिरले मात्रै नभई त्यहाँ रहेको प्रशस्त पानीलाई तलाउ बनाएर माछालाई व्यवस्थित रुपमा देखाउन पाईयो भने सबैलाई आर्कर्षित बनाउन सकिन्छ । त्यहीको पानी खाएर व्यास नगरपालिका वडा नम्बर ११ धेरै  वासिन्दा काकाकुल जीवनबाट मुक्ति पाईरहेका छन् । यि सबै बासिन्दाहरु पनि सक्रियाता बढाएर ठाउँ चिनाउने कार्यमा जुट्नु उपयुत्त हुन्छ । यस ठाउँको विकासको लागि विशेष गरेर व्यास नगरपालिकाले ध्यान दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button