बुवाको स्मृतिमा बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान

दमौली खबर संवाददाता
दमौली, मंसिर २१ । आफ्नो स्मृतिमा दुई दाजु भाईले विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ ।
व्यास नगरपालिका वडा नं ३ घर भई हाल अमेरिकामा बस्दै आएका दाजु उत्तम भट्टराई तथा  दमौली निवासी भाइ सुमन भट्टराईले पिताको स्मृतिमा सहयोग गर्नु भएको हो । व्यास न.पा. ११ स्थित चण्डिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्नुभयो । भट्टराई दाजुभाइले ति विद्यालयकाबालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेपछि विद्यार्थी तथा अभिभावकहरु खुसी भएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले बताउनुभयो  ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नपा वडा नं. ११ का वडा अध्यक्ष दलबहादुर दुरा लगायतकाले भट्टराई दाजुभाइले गरेको उक्त कार्यको प्रशंसा गर्नुभएको  । भट्टराई दाजुभाइले नै वाराही मा.वि. मा १ लाख रुपैयाँको अक्षय कोष समेत स्थापना गरिसक्नु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button