बधाई छ सत्यवती माविलाई

विद्यालयमा फराकिलो खेलकुद मैदान भएर पनि धेरै विद्यालय खेलकुदमा छलाङ मार्न सकेका छैनन् तर तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयका विद्यार्थी मूख्य समस्याको बाबजुद खेलकुदका क्षेत्रमा जिल्लामै अब्बल देखिएका छन् । खेलकुदको लागि मूख्य आवश्यक भनेको खेलमैदान हो तर सत्यवतीसँग त्यो अभाव छ तर पनि खेलकुदमा जुन प्रगति गरेको छ त्यो अनुकरणीय छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सत्यवती सधैं प्रथम हुँदै आएर आफ्नो गरिमा उच्च बनाएको छ । व्यास नगरपालिकाद्धारा आयोजित नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सत्यवती चौंथो पनि प्रथम हुन सफल भएर बधाईको पात्र बनेको छ । व्यास नगर स्तरीय चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २० स्वर्ण पदक ९ रजत पदक ५ कास्य पदक सहित सत्यवती मा वि प्रथम हुन सफल भएको थियो । २८ विधाका २८ स्वर्ण मध्ये सत्यवती एक्लैले २० स्वर्ण ल्याएउन सफल भएको छ । यो सफता भनेको ठुलो हो । सत्यवती गण्डकी प्रदेशकै धेरै विद्यार्थी अध्ययन गर्ने मध्यमा पर्ने विद्यालयमा खेलमैदान छैन । दुई हजार सात सय विद्यार्थी भएकोले लाइन लगाउने स्थान पनि नपुगेर स्कुलको वरण्डामा बसेर प्रार्थना गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा पनि विद्यालय जुन प्रगति गरेको छ त्यो प्रशसनीय छ । आफ्नो उचाई बढाउने विद्यालय परिवार बधाईको पात्र बनेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button