विभिन्न स्थानमा गरिएको गोरु जुधाई प्रतियोगिता सम्पन्न

दमौली खबर संवाददाता

बन्दीपुर, माघ २ ।

तनहुँको बन्दिपुरमा माघे संक्रान्ति पर्वको अवसरमा १४ वटा गोरु जुधाई प्रतियोगिता आइतबार सम्पन्न गरिएको छ । बन्दिपुर–२ कुकुर्दी स्थित नारायण– गोपाल युवा क्लबले गोरु जुधाई प्रतियोगिता गरेको थियो । उक्त गोरु जुधाई प्रतियोगितामा हल्थुम्काका नविन गुरुङको गोरु प्रथम र कुकुर्दीका सन्तोष गुरुङको गोरु द्वितीया भएको छ । गोरु जुधाई प्रतियोगितामा गाउँपालिका भित्रका चौध हल गोरु सहभागि गराइएको नारायण– गोपाल युवा क्लबका अध्यक्ष उज्वल गुरुङले बताउनु भएको छ। प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद १५ हजार रुपैयाँ र दोस्रो हुनेलाई सात हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

कृषि उत्पादन बढाउन बाँझो जमीन नराख्न गोरु पालन गर्न र गोरुको आहारामा कृषकको ध्यान पुग्ने छ भन्ने विश्वासका साथ गोरु जुधाई प्रतियोगिता संचालन गरिएको आयोजक नारायण गोपाल युवा क्लवले जनाएको छ । क्लबले प्रत्येक वर्ष माघे संक्रान्तिमा गोरु जुधाई प्रतियोगिता गर्दै आएकोले यसबर्ष पनि निरन्तरता दिइएको हो । सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता गरेकोमा हलथुम्का आमा समूह प्रथम भएको छ भने पुरुषका लागि बाँसको लिङ्गोबाट भाले टिपाइ प्रतियोगितामा रविन बानिया प्रथम हुनु भएको छ । वडा नं २ का वडा अध्यक्ष तिलक बहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घैँटो फुटाइ प्रतियोगिता लगायतका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम भएको थियो ।

त्यसैगरी भानु १० को दुधेकुनामा दुधेकुना युवा क्लबको आयोजनामा गोरु जुधाई प्रतियोगिता गरिएको छ । प्रतियोगितामा ९ हल गोरु जुधाईएको थियो भने सुन्दरबजार नपा २ का कृषक प्रकाश पन्तको गोरु प्रथम भएको छ । भानु १२ का कृषक कृष्ण बहादुर भण्डारीको गोरु दोस्रो भएको छ । त्यस्तै भानु १० का कृषक कृष्ण बहादुर रावलको गोरु तेस्रो भएको छ ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी , विशिष्ट अतिथिमा भानु १० का वडा अध्यक्ष हरिहर उप्रेती , ११ का अध्यक्ष विमलराज जोशि, ८ का ईश्वर बहादुर घिमिरे , वडा १० का वडा सदस्यहरुको समेत सहभागिता रहेको थियो । दुधेकुना टोल बिकास संस्थाका अध्यक्ष नारायण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सचिव लक्षमण सापकोट ले सहजीकरण गर्नु भएको दुधेकुना युवा क्लबका अध्यक्ष समुन्द्र सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी लमजुङको राईनास नगरपालिका वडा नम्बर ८ मा भएको गोरु जुधाउने प्रतियोगितामा राईनास ८का किसान मित्रलाल श्रेष्ठको गोरुले प्रथम स्थान हाँसिल गरेको छ । वाईपास मार्फत फाईनलमा पुगेको श्रेष्ठको गोरुले शंकर पाण्डेको गोरुलाई हराएर प्रथम हुन सफल भएको हो । त्यस्तै प्रतियोगितामा किसान शंकर पाण्डेको गोरु दोस्रो भएको छ । प्रतियोगितामा किसान मगबुल मियाको गोरु तेस्रो भएको छ । प्रतियोगिता राईनास नगरपालिका वडा नम्बर ८ ले प्रायोजन गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर गुरुङ, राईनास नगरपालिकाका पुर्व नगर प्रमुख सिहं बहादुर थापा, राईनास नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण रानाभाट लगाएत अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन स्थानिय युवा प्रदिप जंग गुरुङले गर्नु भएको । प्रतियोगितामा राईनास नगरपालिका वडा नम्बर ८ भित्रका १० जना किसानका गोरुहरु सहभागी गरिएको थियो । प्रतियोगिता हेर्न सयौं दर्शकको भिड लागेको थियो । प्रतियोगिता हेर्न पुगेका एक भारतीय नागरिक गोरुको भागदौमा घाईते बनेका थिए । नुवाकोटमा प्रख्यात भएको गोरु जुधाई प्रतियोगितामा पछिल्लो विभिन्न स्थानमा गर्न थालिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button