सांसद भण्डारीद्धारा तनहुँ जलविद्युत आयोजनाको समयमा नै पुरा गर्न निर्देशन

दमौली खबर संवाददाता

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शङकर भण्डारीले तनहुँ जलविद्युत आयोजनाको समयमा नै पुरा गर्न निर्देशन दिनु भएको छ ।

हालै निरिक्षणका क्रममा सांसद भण्डारीले तनहुँ हाइड्रो राष्ट्रिय गौरवको आयोजना भएको हुँदा निर्धारित समयमा नै आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । देशमा सुख्यायाम हुने उर्जा सङ्कट समाधान गर्न र जिल्लावासीको भाग्य र भविष्य संग जोडिएको योजना भएको हुँदा जतिसक्दो सम्पन्न गर्न भण्डारीले निर्देशन दिनुभयो । सांसद भण्डारी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरु संग समन्वय गरेर काम अगाडि बढाउन समेत आयोजना प्रमुख राजाभाई शिल्पकारलाई निर्देशन दिनु भएको थियो । आयोजनाको गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले आयोजनाले प्रभावित क्षेत्रका वासिन्दाका समस्यालाई सम्वोधन गर्ने विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भएको थियो । त्यस्तै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्थानीयहरुलाई मुआब्जा उपलब्ध गराउने विषय देखि आयोजनाका काम अगाडि बढाउँदा स्थानीयलाई कम असर गर्ने गरी काम सूचारु गर्न आग्रह गर्नु भयो । त्यस्तै व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले प्रभावित क्षेत्रका मागलाई सम्बोधन गर्ने विषयमा आयोजनाले ध्यान दिनुपर्ने बताउनुभयो । त्यसैगरी म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आयोजनाले सामाजिक उत्तरदायित्वका काम समानुपातिक ढङ्गले नगरेको र रोजगारी उपलब्ध गराउने विषयमा समेत स्थानीय तहहरु संग समन्वय नगरेको हुँदा आगामी दिनमा त्यसलाई सुधार गर्न जरुरी रहेको बताउनुभयो ।

वि.सं. २०६२ सालमा पहिचान भएको र बर्षैभरि १४० मेगावाट विद्युत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको क्षेत्रभित्र ऋषिङ गाउँपालिका १, ६ र ७ गरी तीन वटा वडा, म्याग्दे गाउँपालिकाको १,२,३,४, र ५ गरी पाँच वट वडा, व्यास नगरपालिकाको वडा नम्बर ५, भिमाद नगरपालिकाको ५ र ६ पर्दछ । आयोजनाको लम्बाई करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ बर्ग किलोमिटर रहेको छ । त्यस्तै, जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहने छ । आयोजनाको बाँध स्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रंक्रिट बाँध बनाईने छ । काँहुडाँडा भित्र ११ सय ६२ मिटर लामो सुरुङमार्ग बाट निर्माण गरि सेती नदीको पानीलाई भूमिगत विद्युत गृहमा पु¥याएर विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार ७०÷७० मेगावाटका दुईवटा फ्रान्सिस टर्वाइन रहनेछन् । तनहुँ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपूर स्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button