“गजल”

गजल
नवराज न्यौपाने ‘मौन’

मिलेर बाँच्न जानिए , विकास झुल्छ देशमा
सबै समान ठानिए , मुहार खुल्छ देशमा

उनेर आज एकता , विशाल भाव बोक्नु छ
सुयोग्य पात्र छानिए , मिठास घुल्छ देशमा

हिमाल ती खुले जसै , रमाउदो भयो मनै
गरीब माथि तानिए , पियार फुल्छ देशमा

म मात्र बन्छु भन्दिए , समाज उठ्छ के गरी
मिलेर राष्ट्र धानिए , सुवास भुल्छ देशमा

म खट्न सक्छु कर्ममा, बुझेर मर्म धर्म ती
अहं र छेड हानिए , विकार डुल्छ देशमा
(छन्द: पञ्चचामर )
(वहर :हजज मुसम्मन मकबुज )

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button