प्रथम राष्ट्रिय लेखक दिवसको उपलक्ष्यमा रचना वाचा कार्यक्रम गरियो

दमौली खबर संवाददाता

दमौली, वैशाख १७ गते

राष्ट्रिय लेखक दिवस तनहुँमा रचना बाचन गरि मनाईएको छ । नेपाली लेखक संघ तनहुँद्धारा विपी स्मृति भवन, दमौलीमा शनिबार रचना बाचन गरी मनाईएको हो ।

कार्यक्रम नेपाली लेखक संघका केन्द्रीय सदस्य गौकुमारी न्यौपानेले लेखक,साहित्यकारहरुको कलममा अभूतपूर्व शक्ति रहने हुनाले आफ्नो लेखनीलाई राष्ट्र ,राष्ट्रियता को हितमा र विकृति विसङ्गतीका विरुद्धमा लगाउनु पर्ने बताउनुभयो

नेपाली लेखक सङ्का केन्द्रीय प्रतिनिधि वरिष्ट अधिवक्ता कमलामोहन वाग्लेले २००८ सालमा विश्वेश्वरप्रसाद प्रसाद काईराला ,लक्ष्मी प्रसाद देवकोटा ,गोविन्द वहनदुर मल्ल गोठाले, विजय मल्ल लगायतको अथक प्रयास बाट स्थापित यस संस्था लाई शसक्त ढङ्गबाट अगाडी वनाउनु पर्नेमा जोड दिनुभयो

नेपाली लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकाहरु गौकुमारी न्यौपाने ,मधुमाया घिमिरे, डा.लक्ष्मीकान्त चापागाई, चक्रवहादुर अधिकारी, श्यामलाल गोशली,कृष्णहरि गै¥हे ,भवानी अधिकारी खनाल, सङ्गम सापकोटा लगायतले आआफ्नो रचना वाचन गर्नु भएको थियो संघका सचिव अन्जना तिमल्सेनाले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रदेश प्रतिनिधि विमल गिरी, सदस्य कल्पना आचार्य ,महेन्द्रराज शर्मालगायतले लेखक संघलाई कसरी अगाडी बढाउने भन्ने बारेमा सुझाबहरु दिएको कोषाध्यक्ष श्रीकान्त घिमिरेले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button