२२ किलो गाँजा सहित दुई महिला र एक पुरुष पक्राउ

दमौली खबर संवाददाता
तनहुँ, असोज ५ । २२ किलो गाँजा सहित तनहुँ प्रहरीले बुधबार विहान दुई महिला र एक पुरुष पक्राउ गरेको छ ।
पृथ्वी राजमार्ग सडक खण्डमा पर्ने अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा जाँदै गरेको मे १ ख ३१९५ नं.को बसलाई रोकी चेकचाँज  गर्ने क्रममा उक्त बसमा सवार तीन जनालाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । तनहुँ आँबुखैरेनी गाउँपालिका– ४ बस्नेहरु बर्ष ३५ की जगमाया गुरुङ बर्ष १९ की सुस्मिता गुरूङ र  चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २९ को अतित गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिका– ४ बेनिटार स्थित चेकजाँच गर्दा उनिहरु प्रकाउ परेको प्रहरीले जनाएको छ ।
 उनिहरुले लुकाई छिपाई ल्याएको २२ किलो १८५ ग्राम अवैध लागू औषध गाँजा फेला परेको र बरामद गरी गाँजा सहित सङ्लग्न तिनै जनालाई नियन्त्रणमा बुधबार तनहुँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button