ऋषिङको धारापानीमा जीप खस्दा महिलाको मृत्यु

दमौली खबर संवाददाता
दमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप ऋषिङ १ धारापानीमा दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ भने १५ जना घाईते भएका छन् । दिउँसो करिब तीन बजे भएको घटनामा ग १ ज ७६०० नम्बरको जीप भीरबाट झण्डै ७० मिटर तल खस्दा व्यास नगरपालिका वडा नं ५ की २५ वर्षीया मनु थापाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । दुद्र्यटनामा परि घाईते भएकी थापाको उपचारको क्रममा दमौली अस्पतालमा मुत्यु भएको प्रहरी कार्यालय तनहँुका प्रवक्ता युवराज तिमिल्सेनाले जानकारी दिए । घाइते मध्ये तीन जनालाई पोखरा पठाइएको छ भने चार जनाको रत्नहरी र दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button