पत्रकार महासंघ तनहुँको सल्लाहकार मनोनित

दमौली खबर संवाददाता
नेपाल पत्रकार महासंघ तनहुँ शाखामा ३ जना सल्लाहकार सदस्यमा मनोनित गरिएको छ । महासंघका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा १२ औँ साधारण सभापछिको पहिलो बैठकले सेख मोहम्मद हनिफ (गोरा मियाँ),पूर्व अध्यक्ष डम्बर अधिकारी र प्रकाशचन्द्र भट्टराईलाई सल्लाहकार सदस्यमा मनोनित गरेको हो । साथै बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वतमान कार्यसमिती, निर्वाचन समिती लगायत सम्पूर्ण पक्षलाई ध्रन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव प्रताप रानाले जानकारी दिए । पत्रकार महासंघ तनहुँ शाखाको बैठकले कोभिड १९ को दोस्रो लहरको महामारीबाट उत्पन्न हुन सक्ने समस्या र चुनौतीहरुप्रति सचेत रही स्वास्थ्य सुरक्षालाई पहिलो प्रथामिकतामा राखी पेशागत कर्तव्य पूरा गर्न अपिल समेत गर्ने निर्णय गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button