एबिआइटि क्लबको अध्यक्षमा विकल

दमौली खबर संवाददाता

आदिकवि भानुभक्त क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक तहमा सेमेस्टर प्रणालीमा सूचना तथा सञ्चार प्रविधि विषयमा अध्ययनरत रहेका विद्यार्थीहरूको साझा संस्था एविआइटि क्लबको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चौथो सेमेस्टरमा अध्यनरत विद्यार्थी विकल श्रेष्ठको अध्यक्षतामा १५ सदस्सीय क्लबको कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा विशाल रुचाल, सचिवमा विजय आले मगर, कोषाध्यक्षमा सुजाता भण्डारी, सहसचिवमा अस्मिता पौडेल, प्रवक्तामा आशिक श्रेष्ठ र सदस्यहरुमा – सुजन पन्थ, पुजा बसौला, युजीन थापा, कुमार थापा, गौतम कुमाल, निता आले, रोशन सुनार र नेहा शाही रहेका छन् । क्लबका अध्यक्ष सुजन गिरीको सभापतित्वमा भएको अधिवेशनको कम्प्युटर एसोसिएसन नेपाल तनहुँ शाखाका अध्यक्ष टिकाराम पनेरुले उद्घाटन गरे ।

पनेरुले कम्प्युटर एसोसिएसन नेपाल र एविआइटि क्लबबीच विगतमा जस्तै सूचना प्रविधिको क्षेत्रमा कार्य सहित अगाडि बढ्ने प्रतिबद्धता जनाए । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सुचना र प्रविधिको क्षेत्रमा क्लवका विद्यार्थीहरुले क्याम्पस भित्र र समुदायमा धेरै कार्यहरु गर्दै आएकोमा धन्यवाद दिँदै आगामी दिनमा व्यास नगरपालिका र अन्य शैक्षिक संघ सस्थाहरुसंगको सहकार्यमा यस क्षेत्रमा शैक्षिक कृयाकलापमा सूचना प्रविधिको प्रयोगलाई थप सुदृढ पार्न सहयोगी भूमिका खेल्ने प्रतिवद्धता जनाए । कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय डाक्टर रामकुमार अधिकारी र सागर पौडेल, विज्ञान तथा प्रविधि विभाग प्रमुख राजन घिमिरे, सूचना तथा सञ्चार प्रविधि विषय समितिका संयोजक सुलभकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरे ।

अधिवेशनमा क्लबका सचिव सम्झना रसाईलीले क्लवका गतिविधिहरु समेटिएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरला भण्डारीले क्लवको आर्थिक प्रतिवेदन पेश गरिन् । अधिवेशनको उद्घाटन सत्रमा क्लवका संस्थापक अध्यक्ष फलबहादुर थापालाई सम्मान गरिएको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन प्रवन्ध समितिका संयोजक भट्टराई र सदस्य सरला भण्डारी र रीना श्रेष्ठले टिका र खादा लगाई बधाई ज्ञापन गरे ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button