प्रेस युनियनको अध्यक्षमा लम्साल निर्वाचित

हेटौंडा, ८ साउन ।
हेटौडामा साउन ६ र ७ गते भएको नवौं महाधिवेशनबाट नेपाल प्रेस युनियनको केन्द्रिय अध्यक्षमा शिव लम्साल विजयी हुनु भएको छ  । प्रतिस्पर्धी अनिता विन्दुलाई पराजित गर्दै लम्साल युनियनको अध्यक्षमा विजयी हुनु भयो । ९ वर्षपछि भएको महाधिवेशनबाट लम्साल अध्यक्षमा विजयी हुनु भएको हो । लम्साल यस अघिको अधिवेशनमा बद्री सिग्देलसँग पराजित भएपनि यस पटक भने विजयी बन्नुभयो । डा.शेखर को गगन समूहबाट उम्मेदवारी दिएका लम्सालले अध्यक्षमा बाजी मार्नु भएको हो । लम्सालले ७४५ मत पाउनु भयो भने अनिता ६१२ मत पाउनुभयो । अधिकांश पदाधिकारीहरुमा सोही पक्षबाट विजयी भएका छन् । महासचिवमा दिलिप पौडेल, खुला उपाध्यक्षमा भिष्मराज ओझा, सचिवमा माधव धिताल लगायतका विजयी भएको निर्वाचन कमिटिले जनाएको छ । विजयी पदाधिकारीहरुलाई शुभचिन्तकहरुले खादा, माला र टिका लगाएर कार्यकालको सफलता र बधाइ दिएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button