तनहँुमा दुई वटा मतदान केन्द्र स्थान्तरण

निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आर्चायको अध्यक्षतामा बसेको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसंहिताको आवश्यकता र सबै तहबाट पालना हुनुपर्ने आचारणका सम्बन्धमा प्रस्तुती राखेका थिए ।

आउँदो निर्वाचनको लागि निर्वाचन आयोगले तयार पारेको मस्यौदाका बारेमा शर्माले जानकारी गराएका थिए । शर्माले संवैधानिक निकायका कर्मचारीहरुले, सुरक्षा निकायका कर्मचारी तथा सुरक्षा सम्बद्ध कर्मचारीहरुले, संघ, प्रदेश र स्थानीय सरकारका कर्मचारीहले पालना गनुपर्ने आचरणका विषय प्रस्तुत गरेका थिए । त्यस्तै गरी निर्वाचनको काममा संग्लन कर्मचारीले पालना गनुपर्ने, राजनीतिक दल एवम् तीनका भातृ संघ संगठनले पालना गनुपर्ने आचरण, मौन अवधिमा पालन र निर्वाचनको दिन पालना गनुपर्ने आचरणका बारेमा शर्माले जानकारी गराएका थिए ।

उनले आगमी चुनावको लागि निर्वाचन कार्यालय तयारीमा जुटेको समेत जानकारी दिए । २०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्लाभर २ लाख ११ हजार ३९६ मतदाता रहेकोमा गत पुस ५ गते सम्म जिल्लामा २ लाख ३१ हजार ४२० मतदाता रहेको उनले बताए । यस्तै जिल्लाभर २ सय ८४ वटा मतदान केन्द्र र १ सय ३६ वटा मतदान स्थल निर्धारण गरिएको छ । अहिले तनहुँमा २ लाख ३१ हजार ४ सय २० जना मतदाता रहेका छन्। जसमा करिब १४ सय मृत्यु दर्ताबाट घटेको छ ।

दोहोरो हटाउने लगायतका केही काम बाँकी रहेकाले अन्तिम मतदाता नामावली भने आइ नसकेको कार्यालयले जनाएको छ । त्यस्तै तनहुँमा १ सय ३७ मतदान केन्द्र रहेकोमा २ वटा स्कुल खारेज भएपछि त्यसठाँउको मतदान केन्द्र स्थान्तरण गरिएको शर्माले जानकारी दिए । व्यास नगरपालिका(९ चण्डीथानमा रहेको नारायणचौर आधार भूत विद्यालयमा रहेको मतदान स्थललाई बसाहास्थान माध्यामिक विद्यालयमा सारिएको छ ।

यस्तै बन्दीपुर २ को शान्ति आधारभुत विद्यालय पार्चेको ठाउँमा सेरा आधारभुत विद्यालय र व्यास १० दुम्सीचौरको भानु माविको स्थानमा गणेश बालमिलन आधारभूत विद्यालय दुम्सिकोटलाई नयाँ कायम गरिएको उनले बताए । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले आचारसंहिताको पालनामा सवैको भूमीका प्रभावकारी हुनु पर्ने बताए ।

निर्वाचनलाई स्वच्छ र बिकृति रहित बनाउनका लागि आचारसंहिता सबैले पालना गनुपर्ने उनको भनाई थियो । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सफल पार्न सबैको जिम्मेवारी रहेको उनले बताए । कार्यक्रममा जिल्लाका कार्यालय प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button